चेपाङ बालबालिकाका लागि विदेशी स्वयंसेवकबाट भवन निर्माण

Chepang communityरत्ननगर (चितवन), साउन २४ गते । चितवनको रत्ननगरमा बस्दै आएका चेपाङ बालबालिकाका लागि पोर्चुगलका स्वयंसेवकले आफ्नै श्रम र लगानीमा भवन निर्माण गरिदिएका छन् ।

गामबेँसी चेपाङ संरक्षण केन्द्रमा झण्डै रु पाँच लाखको लगानीमा १५ दिनको अन्तरालमै उनीहरुले भवन निर्माण गरी आज हस्तान्तरण गरेका हुन् ।

सोन्हार पोर्चुगलका स्वयंसेवी समूहले यसरी भवन निर्माण गरी हस्तान्तरण गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो । भवन हस्तान्तरण कार्यक्रममा बोल्दै स्वयंसेवक आना फेरारियाले विपन्न र शिक्षाबाट वञ्चित हुँदै आएका बालबालिकालाई ल्याएर पठनपाठन गर्न लागिएको जानकारी पाएपछि आफूमा सहयोग गर्ने उत्प्रेरणा जागेको बताउनुभयो ।

पोर्चुगलमा गएर उहाँले आर्थिक जोहो गरी आफ्नै पहलमा ९ जना स्वयंसेवक ल्याएर काम गर्नुभएको हो । भवन बनेपछि चेपाङ बालबालिकालाई बस्न र कार्यालय सञ्चालनमा समेत सहयोग पुगेको केन्द्रले जनाएको छ ।

चेपाङ बालबालिकाको जीवनस्तर उकास्न र उनीहरुलाई शिक्षा दिलाउन वर्षाँैदेखि विदेशी दाता र विदेशमा बस्ने नेपालीलाई प्रेरणा दिँदै आउनुभएका होटल पार्क साइड सौराहाका सञ्चालक शीरलाल परियारलाई गामबेँसी चेपाङ संरक्षण केन्द्रले आजै सम्मान ग¥यो ।

आफ्नै श्रम र लगानीमा छोटो समयमै भवन निर्माण गरेर हस्तान्तरण गरी महत्वपूर्ण सहयोग गरेको भन्दै आनालाई समेत यहाँ सम्मान गरिएको थियो ।

यस्तै, चेपाङ बालबालिकालाई सहयोग गरेकामा वृद्धा विष्णुमाया पौडेल र खगेन्द्र चौधरीलाई समेत सम्मान गरिएको थियो ।

चेपाङ बालबालिकालाई सहयोग

यसैबीच, आजै चितवन घर भई इजरायलमा बस्ने निर्मला पौडेलले यहाँ रहेका चेपाङ बालबालिकालाई भोजन सेवासँगै लत्ताकपडा र आर्थिक सहयोग गर्नुभएको छ ।

उहाँले आज केन्द्रमै आएर लत्ताकपडासहित रु ३४ हजार सहयोग गर्नुभएको हो । पौडेलले आगामी दिनमा समेत सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यहाँ १४० चेपाङ बालबालिका आश्रय लिएर बसेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter