डा केसीको माग तत्काल सम्बोधन गर्न समाजको आग्रह

dr_govindaकाठमाडौँ, साउन २६ गते । मानव अधिकार तथा शान्ति समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

समाजले आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो ।

समाजका अध्यक्ष कृष्ण पहाडीले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुष्कार्यमा केही व्यक्ति सक्रिय रहेको भन्दै त्यसलाई रोक्न सरकारसँग आग्रह गर्नुभएको हो ।

सो अवसरमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण विषय भएको भन्दै यसलाई आफूले गम्भीररुपमा लिएको बताउनुभयो ।

यस्तै पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार समाजले पनि डा केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ ।

समाजका अध्यक्ष केदारनाथ उपाध्यायले आज एक विज्ञप्ति जारी गर्दै डा केसीको रक्षाका लागि अविलम्ब पहल गर्न सांसद् एवं प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter