कुरीति र परम्पराको अन्त्य गराँै – राष्ट्रपति

President-Bidya-Devi-Bhandariकाठमाडौँ, साउन २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मिलेर नेपालमा विद्यमान बालविवाह, दाइजो प्रथा, बालश्रम, छाउपडीजस्ता विभिन्न प्रकारका कुरीति र परम्पराको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल र वल्र्ड भिजनले संयुक्तरूपमा शुरु गरेको बालविवाह अन्त्यको अभियानको यहाँ आज शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समाजमा व्याप्त कुप्रथाले देशको समग्र आर्थिक विकासमा नै नकारात्मक प्रभाव पारेको हुँदा सबै मिलेर त्यसको अन्त्य गर्नुपर्छ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “बालविवाहका कारण बालबालिकाको मानव अधिकार हननमात्र भइरहेको छैन यसले मुलुकको समग्र पक्षलाई असर गरेको छ, त्यसैले सबै मिलेर बालबालिकालाई उचित शिक्षा दीक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्दै मानवअधिकारको प्रत्याभूति गराउनुपर्छ ।”

विशेषगरी बालिका र महिलाको सन्दर्भमा बालविवाहले एउटामात्र अधिकारको उल्लंघन नगरी उनीहरूको जीवनचक्र नै हिंसामा पर्ने गरेको भन्दै राष्ट्रपति भण्डारीले दृढसंकल्प गरी सबै मिलेको खण्डमा आधुनिक सभ्यतालाई नै कलंकित बनाउने बालविवाहजस्ता कुप्रथाको अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संविधानले बालविवाहलाई बालअधिकार हननको विषयका रूपमा लिँदै दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ ।

“हाम्रो संविधान, ऐन कानून र नीति नियमको मर्म र भावना अनुकूल सामाजिक, सांस्कृतिकरूपमा स्थापित गर्ने दायित्व मूलरूपमा सरकारको भए पनि त्यसमा गैरसरकारी संघसंस्था नागरिक समाज, सञ्चार माध्यम तथा सामुदायिक संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले भएका ऐन कानूनको प्रभावकारी कार्यान्वयनसँगै सचेतनामार्फत बालविवाह अन्त्य गर्नुपर्छ भन्नुभयो ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बाल अधिकारसम्बन्धी ऐन अब केही दिनमै संसद्मा पेश गर्ने तयारी भइरहेको जानकारी गराउँदै त्यसको प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बालविवाह अन्त्यका लागि अभियान सञ्चालन, कानूनको कडा कार्यान्वयन र सामाजिक सोचमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले ‘नेपाली जुटौँ बालविवाह रोकौँ’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियान पाँच वर्षसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।

युनिसेफको तथ्यांकअनुसार संसारमै दक्षिण एसियामा बालविवाहको दर सबैभन्दा उच्च छ । सन् २०१६ को तथ्यांकअनुसार नेपालमा एक तिहाइभन्दा बढी बालिका अर्थात् ३७ प्रतिशत बालिकाले १८ वर्ष उमेरभन्दा पहिला र १० प्रतिशतले १५ वर्ष उमेरभन्दा पहिला विवाह गरिसक्छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter