उपत्यकामा दिउँसो मालबाहक ट्रक चलाउन नपाइने

Traffic Movementकाठमाडौँ, साउन २७ गते । आगामी भदौ १ गतेदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा मालबाहक सवारीसाधन चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखा मालबाहक सवारीसाधनलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रोक लगाउने अन्तिम तयारीमा जुटेको छ ।

सहज ट्राफिक व्यवस्थापन, सहज आवागमन र सडक दुर्घटनामा न्यूनीकरण गर्न रोक लगाउनुपरेको विभागले जनाएको छ । व्यवसायीसँग शुक्रबार छलपल गरी सो निर्णय गरिने भएको छ । खानेपानी तथा पेट्रोलियम पदार्थ ढुवानी गर्ने बाहेक ट्रक, ट्रिपर र मिनी ट्रकलाई रोक लगाइने भएको छ । वातावरणीय प्रदूषणलाई पनि ध्यानमा राखेर यस्तो निर्णय गर्न लागिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

रोक लगाइएको मालबाहक सवारीलाई उपत्यका छिर्ने नाकामा पार्किङको व्यवस्था गरिएको छ । पृथ्वी राजमार्ग भएर उपत्यका छिर्ने मालबाहक सवारीलाई नौबीसेमा पार्किङको व्यवस्था गरिने छ । बीपी र अरनिको राजमार्ग भएर आउने मालबाहक सवारीलाई बनेपामा र दक्षिणकाली भएर आउनेलाई चोभारमा पार्किङको व्यवस्था गरिने विभागले जनाएको छ । त्यस्तै नुवाकोट हुँदै आउने मालबाहक सवारीलाई झोर महाङ्कालमा पार्किङको व्यवस्था गरिने छ ।

भदौ १ गतेबाट तोकिएका मालबाहक सवारीसाधन चक्रपथमा सञ्चालन गरिएको पाइएमा यातायात व्यवस्था अनुसार पाँच हजार रुपियाँसम्म जरिवाना गरिने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter