म्याग्देली चार खेलाडीलाई बंगलादेशमा स्वर्णपदक

म्याग्दी, साउन २७ गते ।myagdi_district म्याग्दीका चार कराँते खेलाडी बंगलादेशमा च्याम्पियन बन्दै कराँतेमा स्वर्ण पदक जितेका छन् । सार्क राष्ट्र बंगलादेशमा आयोजित तथा हिजो सम्पन्न कराँते प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट बंगलादेश पुगेका चन्द्र बुढा, गौरव घर्ती मगर, प्रज्वल शेरचन र मार्सल गर्बुजाले नियमित प्रशिक्षण, घरेलु मैदान, अनुभवी खेलाडीलाई पछाडि पार्दै स्वर्णपदक जितेका हुन् ।

“निकै उत्साहित छौँ, हामीले गरेको अभ्यासबाट पनि विदेशी भूमिमा उपाधि जित्न सकिने रहेछ”, चन्द्र बुढाले बंगलादेशबाट भन्नुभयो । उहाँले नयाँ किसिमको कराँते खेल भए पनि आफूहरुले सिकेका आधारमा खेलेको बताउनुभयो ।

म्याग्दीमा विद्यालयमा प्रशिक्षणसहित अभ्यास गरेरसमेत राष्ट्रिय तथा सार्कस्तरीय खेलमा उपाधि जितेका बुढाले विदेशमा खेलेको सीपलाई व्यक्तिगत लगानीमा समेत नियमित गर्नुपर्ने बताउनुभएको छ ।

प्रतियोगितामा सहभागी हुन पुगेका बूढाले ६७ केजी, गौरव घर्तीले ६०, प्रज्वल शेरचनले ५० र मार्सल गर्बुजाले ३५ केजी तौल समूहका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । “सार्कस्तरीय कराँतेमा नेपालका खेलाडीलाई बलियो दाबेदार मानिन्छ । खेलाडीलाई समेत राम्रो सम्मान हुन्छ”, बुढाले भन्नुभयो ।

गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलस्तरीय कराँते खेलका सर्वोत्कृष्ट खेलाडीसमेत घोषित बुढाले विदेशी खेलाडीसँग खेल्नेक्रममा सिकेको सीपलाई आफूले समेत प्रशिक्षणमा प्रयोग गर्ने बताउनुभयो ।

“खेलमा सहभागी चारजना खेलाडीले स्वर्णपदक जित्नुलाई जिल्लाको ठूलो उपलब्धिका रुपमा लिएको छु”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter