महासङ्घको महाधिवेशनको तयारी पूरा

FNJ Officeकाठमाडौँ, साउन २८ गते । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनको तयारी पूरा भएको छ ।

आगामी भदौ ४ र ५ गते ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा हुने महाधिवेशनको तयारी पूरा भएको महासङ्घका महासचिव उजिर मगरले जानकारी गराउनुभयो ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष–२, महासचिव, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । यसपटकदेखि दलित, मधेशी सचिव थपिएको छ । महाधिवेशनले महासङ्घलाई संघीय संरचनामा लैजाने छ ।

सात प्रदेशसहित उपत्यका, प्रतिष्ठान र एशोसिएटसहित १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुईजना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको महासचिवले बताउनुभयो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु हुनेछ । महाधिवेशनको निम्ति नौ विभिन्न उपसमितिले तयारी पूरा गरेको महासचिव मगरले बताउनुभयो ।

महाधिवेशनमा करिब एक हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । बाहिरबाट आउने करिब एक हजार प्रतिनिधिलाई खान र बस्नका लागि होटलको व्यवस्था गरिएको छ ।

सुन्धारा, बागबजार, सोह्रखुट्टेका करिब ३०० होटेल बुकिङ गरिएको उहाँले जानकारी गराउनुभयो ।

महासङ्घले पत्रकार दुर्घटना बिमा र ज्येष्ठ पत्रकार सुरक्षाजस्ता लोकप्रिय कार्यक्रम सञ्चालन गरेको छ । महासङ्घमा करिब १० हजार पत्रकार आबद्ध रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter