सामुदायिक वनले हरित क्रान्तिको थालनी गरेको छ : मन्त्री गौतम; जनताको जीवनस्तर उकास्न सरकार प्रतिवद्ध : मन्त्री बस्नेत

community forestधुलिखेल, साउन २६ गते । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले हरित क्रान्तिको थालनी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताउनुभएको छ ।
आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ नाला, पाण्डेगाउँस्थित सानोवन सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ‘सामुदायिक वन राष्ट्रिय दिवस २०७४’ कार्यक्रममा उहाँले सामुदायिक वनको अवधारणा नआएको भए नेपालको हरियाली वन सकिएर जाने अवस्था रहेको बताउनुभयो ।

मन्त्री गौतमले भन्नुभयो, “कृषि र वनलाई उद्योगको रुपमा विकास गर्दै लैजाने हो भने हरियाली वातावरण निर्माणको अभियान अगाडि बढाउन सजिलो हुनेछ ।”

वन, कृषि र सिँचाइको विकासका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर काम गरे मात्रै समृद्धिको दिशामा मुलुक अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो ।

सांसद कञ्चनचन्द्र वादेले सामुदायिक वनको विकास र संरक्षणका लागि समुदायस्तरबाटै सक्रिय भएर लागेमा सबैले सोचेको जस्तो सामुदायिक वनको विकास छिटो हुने धारणा व्यक्त गर्नुभयो ।

जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनालले समूहले वन संरक्षणको विकासमा खेलेको भूमिका प्रसंशनीय रहेको उल्लेख गर्दै सामुदायिक वन उपभोक्ता समूहमध्ये सबैभन्दा पहिलो सामुदायिक वन ‘सानोवन सामुदायिक वन उपभोक्ता समूह’ भएको जानकारी दिनुभयो ।

काभ्रे वनपैदावर उद्योग व्यवसायी संघका अध्यक्ष माधवमणि हुँमागाइले वन नीति तथा कानुनी सवालमा अन्योल देखिएको भन्दै नीतिगत व्यवस्थापन र त्यसको कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

जनताको जीवनस्तर उकास्न सरकार प्रतिवद्ध : मन्त्री बस्नेत
काठमाडौँ, साउन २८ गते । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाकोे जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उहाँले भन्नुभयो – “देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने छ ।”

मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गरिनुपर्नेमा जोड दिदैं सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउनुपर्छ भन्नुभयो ।

“लोकतान्त्रिक अभ्यास गरी सहकारी चलाइनुपर्छ, सहकारी डुबाउनेलाई रु एक हजार ५०० कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा छ”, उहाँले भन्नुभयो– “बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ ।”

मन्त्री बस्नेतले बेरोजगार युवालाई उत्पादनशील काममा लगाई युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने योजना मन्त्रालयले ल्याउन लागेको जानकारी दिदैं हालसम्म सरकारले ३५ हजार युवालाई प्रतिव्यक्ति रु दुई लाखका दरले युवा स्वरोजगार कोषबाट रकम उपलब्ध गराएको बताउनुभयो ।

दशजना युवाले समूह बनाई रु दुई लाखका दरले रु २० लाख लिई उत्पादनमूलक काम गरे रोजगारीका लागि खाडी मुलुकको रापमा सेकिनु नपर्ने बताउँदै उहाँले मुलुकका २५ जिल्लामा गरिब पहिचान गरी परिचय पत्र वितरणको तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।

मन्त्री बस्नेत बाँकी ५० जिल्लाका गरिब घरपरिवारको पहिचान पनि छिट्टै शुरु गरिने पनि बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास निर्माणका काम आर्थिक वर्षको अन्तमा शुरु गर्दा विकास बजेट बालुवामा पानी खन्याएजस्तो भएकाले भदौदेखि नै काम गर्न लागिएको जानकारी गराउनुभयो ।

“नगरपालिकामा भदौदेखि नै विकास निर्माणका काम शुरु गरी फागुन मसान्तमै सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, भदौमै काम शुरु गरी पूँजीगत बजेट फ्रिज हुन नदिने गरी काम गर्छौं”, उहाँले भन्नुभयो ।

कार्यक्रममा काँग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, काँग्रेस नेता लालबहादुर लामा, नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, नगर समिति सदस्य बालकृष्ण श्रेष्ठलगायतले नगरपालिकाको विकास निर्माणका काम भदौदेखि नै शुरु गरेर आव समाप्त हुने अन्तिम महिना भुक्तानी नदिने गरी नीतिगत व्यवस्था गर्न माग गर्नुभयो ।

सो अवसरमा नगर समितिका तर्फबाट मन्त्री बस्नेत र नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर परिषद् सदस्यलाई सम्मान गरिनुका साथै सफल कार्यकालका लागि बधाई ज्ञापन गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter