कम्युटर बिलिङ प्रणालीमा नचलेका एक सय पन्ध्र ट्याक्सी कारबाहीमा

EON-taxiकाठमाडौँ, साउन २९ गते । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आजदेखि उक्त अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको आभास नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको जानकारी दिनुभयो । “यस्ता ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रिन्टर मेसिन जडान गर्ने ठाउँमा पठाउँछौँ, मिटर जडान गरेर मात्र चलाउने भनेका छौँ, अन्यथा कारबाही गछौँ” उहाँले भन्नुभयो ।

महाशाखा प्रमुख खनालले प्रिन्टर मेसिन जडान नगरी सञ्चालनमा आएका ट्याक्सी दुई हजारको हाराहारीमा रहेका र ती ट्याक्सी चालकलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बजारमा प्रिन्टर मेसिन नभएका कारण अधिकांश ट्याक्सीले प्रिन्टर मेसिन जडान नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले चाँडो ट्याक्सीमा मिटर जडान गरिदियोस् हामी मिटरमा ट्याक्सी चलाउन तयार छौँ ।”

महाशाखाले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रिन्टर मेसिन नभएका ट्याक्सीमा तत्काल मिटर जडान गर्न आग्रहसमेत गरेको छ । काठमाडौँमा हाल नौ हजार ५०० को हाराहारीमा ट्याक्सी सञ्चालित छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter