सहरी विकास ऐनको मस्यौदामा छलफल

government logoकाठमाडौँ, साउन २९ गते । सहरी विकासलाई एकीकृत रुपमा अघि बढाउन सहरी विकास ऐन, २०७४ को मस्यौदा तयार पारी छलफल शुरु भएको छ ।

मन्त्रालयले आज आयोजना गरेको छलफल कार्यक्रममा नगर विकास समिति ऐन, २०४५ र काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ ले सहरी विकाससम्बन्धी स्पष्ट व्यवस्था नगरेकाले ऐनको मस्यौदा तयार पारिएको जानकारी गराइयो ।

सो अवसरमा संघ, प्रदेश र स्थानीय तहलाई सहरी विकासका काममा समन्वय गर्न, एकीकृत रुपमा सहरी विकासका काम गर्न पनि ऐनको आवश्यकता भएको बताइयो । कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले सहरी पूर्वाधारको रक्षा गर्न ऐनको आवश्यकता रहेको बताउनुभयो ।

“मन्त्रालयअन्तर्गत रहेका सभाहलको संरक्षण हुन सकेको छैन, अन्य सहरी पूर्वाधारको अवस्था पनि राम्रो छैन, सहरी विकासको नीतिगत नेतृत्व केन्द्र, कार्यान्वयन प्रदेश र स्थानीय तहमा रहने गरी ऐन बन्नुपर्छ, सहरी विकासको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभवलाई पनि हेरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिइनुपर्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगको सहरी विकास हेर्नुहुने सदस्य सुनिलबाबु श्रेष्ठले ६० प्रतिशतभन्दा बढी नागरिक सहरी क्षेत्रमा बस्ने तथ्यांक भए पनि पूर्वाधारको विकास हुन नसकेकाले समानुपातिक रुपमा विकास निर्माणका काम गर्न ऐनको आवश्यकता रहेको बताउनुभयो । ऐनको मस्यौदासँगै नियमावली पनि बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नगरपालिका र गाउँपालिकाका वडा–वडामा पैसा बाँडेर विकास नहुने भएकाले ५० वर्षपछि यस्तो सहर बन्छ भन्ने योजना बनाउन सहरी विकास ऐनको मस्यौदा गरिएको जानकारी गराउनुभयो ।

“नगरपालिका गठन भएपछि नगर विकास समितिको आवश्यकता छैन भन्ने प्रतिक्रिया देशव्यापी रुपमा आइरहेको छ, यसैले सहरी विकास ऐन बनाई सहरलाई नै व्यवस्थित गरिनुपर्छ भन्ने उद्देश्यले मस्यौदा गरिएको हो, काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १८ नगरपालिकालाई समन्वय गरेजस्तै सम्बन्धित ठाउँका धेरै नगरपालिकालाई समन्वय गर्ने गरी अन्य प्राधिकरण पनि बन्ने व्यवस्था मस्यौदामा गरिएको छ”, उहाँले भन्नुभयो ।

ऐन बनेपछि सहरी योजना तर्जुमा सहजता हुने मन्त्रालयको विश्वास छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव बलसागर गिरीले ऐनको मस्यौदा चरणदेखि नै कानून मन्त्रालयको प्रतिनिधि सहभागी गराइए काम छिटो गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारी, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पद्मकुमार मैनाली, महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि सञ्जीव रेग्मी, नेपाल कानून आयोगकी प्रतिनिधि इन्दिरा दाहाल, सहरी विकास विज्ञद्वय किशोर झा र महेन्द्र सुब्बालगायतले ऐनले सहरी विकास हेर्न एकीकृत संयन्त्रको व्यवस्थाका साथै आर्थिक विकास र रोजगारीलाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter