गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि

Swine Fluगोरखा, साउन ३० गते । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाएको थियो ।

परीक्षणमा स्वाइनफ्लुका जीवाणु भेटिएपछि बिरामीलाई स्वाइनफ्लु लागेको पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार एक सयजनाको हाराहारीमा रुघाखोकीलगायत समस्या लामो समयसम्म देखिएपछि परीक्षण गर्दा स्वाइनफ्लुको भाइरस एचवानएवान देखिएको हो ।

को–को बिरामी परेका हुन् भन्नेबारे जनस्वास्थ्य कार्यालयले खुलाएको छैन । बिरामी पाँचै जना राजधानीका अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् । प्रायः सुँगुर, बंगुरबाट मान्छेमा स्वाइनफ्लु सर्ने गर्छ । तर मान्छेबाट मान्छेमा स्वाइनफ्लु सरेको भन्दै जनस्वास्थ्य कार्यालयले सिजनल फ्लु भएकाले डराउनु नपर्ने तर सचेत हुनुपर्ने बताएको छ ।

स्वाइनफ्लुबाट विदेशमा जस्तो खतरा नेपालमा नरहेको बताउँदै दानीले सिजनल फ्लुबाट गाँखुमा सयजना भन्दा बढी बिरामी रहेको जानकारी दिनुभयो । उनीहरूको उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

बिरामीमा रुघाखोकी लाग्ने, घाँटी खुख्ने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षणहरू देखापरेका छन् । गाँखुमा एक साताअघि घरपालुवा पक्षी (परेवा, कुखुरा) पनि मरेको थियो । गोरखामा स्वाइनफ्लुका बिरामी देखिएको यो पहिलो पटक हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter