सात वर्षपछि ब्यूँतियो सवा लाख चैत्य बनाउने ‘गुँलाधलँ’ पर्व

Buddhaभक्तपुर, साउन ३१ गते । बुद्धमार्गीहरुको छुट्टै पहिचान बोकेको गुँला पर्वको अवसरमा मनाइने सवा लाख चैत्य बनाउने धार्मिक ‘गुँलाधलँ’ पर्व लोपोन्मुख अवस्थामा पुगेको छ । नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने यो पर्व अर्थाभावका कारण लोपोन्मुख अवस्थामा पुगेको हो ।

विशेष गरी मानन्धर समुदायले मनाउँदै आएको यो पर्व पछिल्लो समय अर्थाभावकै कारण ओझेलमा पर्न थालेको गुँलाङक धलँ व्यवस्थापन समिति भक्तपुरका सचिव रामकृष्ण मानन्धरले जानकारी दिनुभयो । यो संस्कृतिको जगेर्नाका लागि सात वर्ष पछि भक्तपुर साःकोलाँ टोलका मानन्धर समुदायले विभिन्न समस्याबीच पनि यो वर्ष धलँको आयोजना गरेको उहाँले बताउनुभयो ।

सारा पृथ्वीवासीको हित र सुख शान्तिका साथै दैवी प्रकोप हुन नदिन र अन्नबाली वृद्धि गर्न यो धलँ राख्नुपर्ने स्वयम्भू पुराणमा उल्लेख रहेको बौद्ध पुरोहित पदमचन्द्र बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यो धलँ वर्ष दिनको यस्तो अवस्थामा राखिन्छ, जुन समय प्रलय आउने, मानिसहरु शारीरिक रुपमा अशक्त हुने गर्छ ।”

यो धलँ गुँला पर्वको अवसरमा मनाइने भएकाले यसलाई गुँलाधलँ भनिएको हो । बौद्धहरु नेपाल सम्वत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना गुँला पर्व मनाउने गर्दछन् । यस पर्वको अवसरमा बौद्धहरु मौलिक बाजा बजाएर पृथक रुपमा बुद्धको उपासना गर्छन् । यो अवधिमा धाःबाजा, नेकू, म्वायेलीलगायतका बाजा बजाउँदै विभिन्न बौद्ध विहार, चैत्य तथा चोक चोकको परिक्रमा गर्ने चलन छ ।

गुँला पर्वको अवसरमा बौद्धहरु विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको समेत परिक्रमा गर्ने गर्दछन् । गुँला पर्वको अर्को विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजा सहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यहरुको परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध बाहेकका समुदाय समेत गुँला पर्वको अवसरमा चैत्यहरुको परिक्रमा गर्न जान थालेका छन् ।

गुँला पर्वको अवसरमा मानन्धर समुदायले परापूर्वकालदेखि मनाउँदै आएको गुँलाधलँको १०१ वर्ष पुरानो इतिहास मात्र फेला परेको यसका पुरोहितहरु बताउँछन । यो धलँलाई मानन्धर समुदायले ङक धलँ भन्ने गर्छन् भने बज्राचार्य र शाक्यहरुले न्यकु धलँ भन्ने गर्छन । गुंलाथ्व पारुदेखि ञलाथ्व पारुको बुधबारका यो पर्व मनाइन्छ ।

यो धलँ राख्न गुलाथ्व पारुको अघिल्लो दिन मध्यरातमा चैत्य बनाउन कालो माटो लिने ठाउँमा गुरुजु ९पुरोहित०ले विधिवत रुपमा पूजा गरी मुकजी ९मुख्य नाइके०, द्योभारी९देवता बोक्ने० मानिसहरु गई पञ्चरङ्गी धागोले माटो लिने ठाउँमा घेरा हाली फर्कन्छन् । गुलाथ्व पारुको मध्यरातमा चार दिशाको धार्मिक तीर्थ स्थलहरु क्रमशः पूर्वमा कमलपोखरी, पश्चिममा सिद्धपोखरी, उत्तरमा कासां खोला र दक्षिणमा हनुमान घाटको त्रिवेणीबाट जल ल्याइन्छ । जल ल्याउन द्योभारीहरु मात्र जाने गर्छन् । जल हनुमानघाटबाट २ कलश र अरु स्थलहरुबाट १÷१ कलश गरी जम्मा ५ कलश ल्याई यांची ९शुरुदेखि अन्तिम दिनसम्म तिलको तेल राखी महिना दिनसम्म बत्ती बाल्ने० कोठामा विधिवत रुपमा पूजा गरी कलश स्थापना गरिन्छ । पछि सबैजना गई माटो लिन जान्छन् । माटो लिन जाँदा मुकजीले सुन र चाँदीको कोदालोले माटो निकाले पछि मात्र अन्यले खेतमा काम गर्ने कोदालोले माटो निकाली खर्पन, दालो र बाटाहरुमा राखी ल्याउने चलन छ । त्यो सकेपछि यांचीकोठामा गुरुजुले मुकजी, द्योभारी र प्रत्येक मानन्धर समुदायबाट एक÷एक जना कजी ९नाइके०लाई सहभागी गराई पूजा गराइन्छ । सो कोठाको रेखदेखका लागि दुई जना महिलालाई जिम्मा लगाइन्छ जसलाई यांची बस्ने भनिन्छ । यांचीकोठाको पूजा सम्पन्न भएपछि मुकजी, द्योभारी र यांची बस्ने महिलाले नून नखाई दिनको एक छाक मात्र खाने पुरोहित सूज्र्ये ज्योति बज्राचार्यले जानकारी दिनुभयो ।

धलँको पहिलो दिन गुलाथ्व पारुको दिनदेखि धलँ शुरु हुन्छ । शुरु गर्दा प्रत्येक व्रतालु महिलाले पिपलको पातमा ५÷५ वटा कालो माटोले बनेको आँखे ९चामल० राखी लक्ष्य सहितको चैत्य बनाउँछन् र पूजा विधि शुरु गर्छन् । त्यसपछि प्रत्येक हप्ता बुधबार र अन्तिम दिनमा धलँ राखिन्छ । धलँ बस्ने दिनमा महिलाले पनि नून नखाई एक छाक मात्र खाने गर्दछन् ।

गुलाँको अवधिभर मानन्धर समुदायले नृत्यनाथलाई पूजा गरी नौबाजा बजाएर प्रत्येक बहाल र चैत्य भएका ठाउँमा परिक्रमा गर्न जान्छन् भने शनिबार विभिन्न शक्ति पिठहरुमा गई बाजा बजाई नगर परिक्रमा गर्छन् । नौबाजा दोस्रो दिनदेखि धलँ घरबाट शुरु गरी नगर परिक्रमा गरिन्छ र त्यहीँ विर्सजन गरिन्छ । धलँको अवधिभर सवा लाख चैत्य निर्माण गर्नुपर्ने भएकाले प्रत्येक दिन व्रतालु महिलाहरु चोखो लुगा लगाई चैत्य बनाउन लाग्छन् । अष्टमीको एक दिन सबैका लागि खुल्ला गरिन्छ । लक्ष्य सहितको चैत्य बनाउनाले रोगव्याधिबाट मुक्त हुने, दिवंगतको चिरशान्ति हुने, देशमा शान्ति छाउने जनविश्वास रहेको गुरुजु निमकरत्न बज्राचार्य बताउनुहुन्छ । महिना दिनमा बनाएको सवा लाख चैत्यलाई अन्तिम दिन ञलाथ्व पारुको दिनमा यज्ञ बनाई होम गरी चार दिनसम्म बालेर राखिन्छ र चौथो दिनमा हनुमान घाटको त्रिवेणी तीर्थस्थलमा व्रतालु महिलाले बनाएको चैत्य न्याकुबाजा सहित धलँ घरबाट लगी विर्सजन गरिन्छ ।

गुँलाधलँकै अवसरमा गाईजात्राको दिन व्रत बसिसकेपछि नौबाजा सहित व्रतालु महिलाहरु रथमा बुद्धको प्रतिमा राखी नगर परिक्रमा गर्न निस्कन्छन् । नगर परिक्रमा गर्दा रथ द्योभारी बाहेक अरुले बोक्न हुँदैन ।

यो धलँको समयमा गाईजात्रा पछि विशेष दिन पारेर चार तीर्थमा पुगेर पूजा गर्ने परम्परा रहिआएको छ । काभ्रेको नमोबुद्ध, साँखुको बज्रयोगिनीस्थित जोगेश्वर चैत्य, बौद्धनाथ, स्वयम्भू, चोभारको आदिनाथ करुणामय, बुङमतीको करुणामयको साथै चाँगुनारायणको हरिहरवाहन लोकेश्वर, निल बाराहीमा समेत पूजा गरिन्छ । साथै धलँ प(पुजा) थाप्न जाने भनी भक्तपुरका तापालाछी, तेखाचो, गोल्मढीका साथै आमन्त्रित गरिएका सबै ठाउँमा बाजा बजाएर जाने गरिन्छ जहाँ गुरुजुबाट विधिवत रुपमा पूजा सम्पन्न हुन्छ । गुँला पर्वकै अवसरमा आंैशीको दिन व्रत बसी महिलाहरु पूजा पाठ सकाएर नगरका सबै चैत्य भएका बहाः, बौद्ध मन्दिरहरुमा चिवाः पूजा गर्न जान्छन् । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi