मंसिर दोस्रो साता भित्र संघ र प्रदेश निर्वाचन गर्न प्रमुख तीन दल सहमत

deuba-oli-dahalकाठमाडौँ, साउन ३२ गते । प्रमुख तीन दलले आगामी मंसिरको दोस्रो साता भित्र प्रदेश र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्ने सहमति गरेका छन् । माघ ७ गते भित्र संविधानको पूर्ण कार्यान्वयनको आधार तयार गर्ने गरी संघ र प्रदेश निर्वाचन गर्न दलहरु सहमत भएका हुन् ।

राजधानीको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकले त्यसका लागि आवश्यक कानुन निर्माणका लागि एक भएर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ्ले दुवै निर्वाचन एकै पटक गर्ने लगायत बिषयमा प्रमुख निर्वाचन आयुक्त सहित आयोग पदाधिकारीसँग छलफल गर्ने जानकारी दिनुभयो । प्रमुख दलले भोली साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी संघ र प्रदेश निर्वाचनको मिति टुंगो लगाउने भएका छन् ।

दलहरुबीच ढिलोमा आगामी सोमवारभित्र संविधान संशोधन विधेयकलाई टुङ्गो लगाउने सहमति समेत जुटेको छ । संशोधन विधेयक राष्ट्रघाती भएको आरोप लगाउदै आएको एमाले, सो प्रति सकारात्मक नभएपनि ढिलोमा भदौं ५ गतेभित्र विधेयक टुंगो लगाउन सहमत भएको हो ।

उपनेता नेम्बाङले घुमाउरो शैलीमा विधेयकमा समर्थन गर्न नसकिने बताउनुभयो । नेम्बाङ्ले भन्नुभयो, विधेयक टुंगोमा पुर्‍याउने भनेको कि पास हुन्छ कि फेल हुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter