बाढीपीडितलाई चेम्बरको १ करोड; दुई मन्त्रीसहित प्रचण्ड बाढी प्रभावित क्षेत्रमा

Nepal Chamber of Commerceकाठमाडौँ, साउन ३२ गते । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरोबाट पीडितका लागि १ करोड रुपैयाँबराबरको राहत प्रदान गर्ने भएको छ ।

चेम्बरको मंगलबार बसेको बैठकले देशभरका बाढीपहिरोपीडितका लागि नगद र जिन्सीसमेत गरी १ करोड रुपैयाँबराबरको राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

चेम्बरले दैविक एवं प्राकृतिक प्रकोपबाट पीडितलाई राहत पु¥याउन उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा २३ सदस्यीय ‘डिजास्टर रिलिफ सेल’समेत गठन गरेको छ । उक्त सेलको सहसंयोजकमा दीपक मल्होत्रा र किसन अग्रवाल रहेका छन् ।

चेम्बरले बाढीपीडित परिवारलाई प्राथमिकताका आधारमा रोजगारीका लागि पहल गर्ने पनि निर्णय गरेको छ । त्यस्तै, बाढीपीडितलाई सहयोग गर्न इच्छुक दातालाई ग्लोबल आइएमई बैंक लिमिटेड कान्तिपथको खाता नं. ०१०१०१०००६१२३ मा रकम जम्मा गर्न सक्ने व्यवस्थासमेत गरेको चेम्बर महासचिव कमलेश अग्रवालले जानकारी दिए ।

दुई मन्त्रीसहित प्रचण्ड बाढी प्रभावित क्षेत्रमा

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनका साथमा गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डल सप्तरी पुगेका छन् ।

बाढीले क्षति पुर्‍याएका जिल्लाको अवस्था, उद्धारकार्य, राहत वितरण कार्यलगायतबारे जानकारी लिन अध्यक्ष दाहाल पार्टीका दुई मन्त्रीसहित सप्तरी पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले सप्तरीको हनुमाननगर कन्काई नगरपालिका– १२ का बाढी पीडित मुसहर समुदायलाई राहत वितरण गरेका छन् । राहत वितरणपश्चात बोल्दै अध्यक्ष प्रचण्डले भने, बाढीले गम्भिर क्षति पु¥याएको ठाउँको लगत संकलन तथा पीडित परिवारलाई पुनस्थापनासहितका व्यवस्था सरकारले तत्काल मिलाउनु पर्छ ।’
अध्यक्ष प्रचण्डले विनाशकारी भूकम्पबाट पहाडमा ठूलो मात्रामा जनधनको क्षति हुँदा तराई मधेसका जनताले उल्लेख्य मात्रामा सहयोग गरेको र तराईमा बाढीको विपत्ति आउँदा हिमाल—पहाडका जनताले तनमनले सहयोगमा जुट्को बताए ।

प्रचण्डलगायत नेताहरुले खाँडो खोलामा बाँध बाध्ने क्रममा बेपत्ता भएका राजविराज १५ का डोमी यादवको परिवारलाई पनि भेट गरेका छन् । साथै उनले सर्लाही र रौतहटका जनताको विपत्ति बुझ्न जाने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter