तरकारी खेतीमा प्रख्यात बन्दै लक्ष्मिनियाँका किसान

Vegetable 2महोत्तरी, भदौ ३ गते । गौशाला नगगरपालिका– १२ (साविकका लक्ष्मिनियाँ गाविस –७ का ६५ वर्षिय रामचन्द्र महतो तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने गरेका छन् ।

केहीवर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास पाउनुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत्पादन गरेर मासिक हजाराँै रुपैयाँ कमाउन सफल भएका हुन् ।

कम्पोस्ट मलको सट्टामा प्रांगारिक मल, कीटनाशक सट्टामा स्थानीयस्तरमा पाइने जडीबुटीलाई मिश्रित घोल बनाएर खेतमा छर्किंदा कम लगानीमै बढी उत्पादन गर्नमा सफल भएको महतोले जानकारी दिए ।

विभिन्न किसिमका तालिमबाट प्राप्त भएको ज्ञानको आधारमा बीउ संरक्षण, खेती गर्ने, कीटनाशकबाट जोगाउने, बजार व्यवस्थापनलगायतका विधि प्रयोग गरी मनग्य आम्दानी गर्न सफल भएको गृहणी सुनिता कुमारीले बताइन् ।

स्थानीयस्तरमै कृषक समूह बनाएर तरकारीखेती गर्न थालेपछि वर्तमान समयमा जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको आकर्षक प्याकेजलगायतका कृषि सामग्री अनुदानस्वरुप प्राप्त हुन थालेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा उचित बजारको व्यवस्था नभएकाले महोत्तरीको गौशाला, सर्लाहीको लालबन्दी, धनुषाको ढल्केवरमा गएर बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान सन्तलाल महतोले बताउनुभयो । टिपर र मोटरसाइकलमा लोड गरेर एकैपटक एउटै बजारमा बिक्री गर्दा व्यापारीले उचित मूल्य दिन हिच्काउँदै आएको महतोले गुनासो गर्नुभयो ।

स्थानीयस्तरमा रहेको संस्थाबाट कुनै किसिमको सहयोग नपाए पनि जिल्ला कृषि विकास कार्यालयबाट विभिन्न किसिमको सहयोग प्राप्त हुँदै आएको शिवशक्ति मिश्रित बहुउद्देश्य सहकारी समूहको अध्यक्षसमेत रहनुभएका महतोले जानकारी दिनुभयो ।

प्रत्यक्ष रुपमा तीन सय घरपरिवार कृषि पेशामा संलग्न रहेको सो गाँउ पछिल्लो समयमा हरियो सागपातको गाउँ भनेर जिल्लामै परिचित हुनथालेका छन् ।

त्यहाँका किसानलाई सिंचाइको व्यवस्था, रासायनिक मलको सट्टामा कम्पोस्ट मलको प्रयोग विधि, विषादीको सट्टामा एकीकृत शत्रुजीव व्यवस्थापन, तरकारीमा लागेको रोग कीराको नियन्त्रण र बजार व्यवस्थापन सम्बन्धी तालीम दिँदै आएको सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवासका अध्यक्ष नागदेव यादवले जानकारी दिनुभयो ।

‘मेहनत गरे माटोमै पनि सुन फल्छ’ भन्ने उदाहरणलाई महोत्तरी गौशाला नगरपालिका– १२ लक्ष्मिनियाँका किसानले सावित गरेको उहाँले बताउनुभयो ।

सो स्थानका किसानले दैनिक रु ५० हजारदेखि दुई लाख मूल्य बराबरका तरकारी उत्पादन हुने गरेका छन् । गतवर्ष जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा रु ६ लाख ६९ हजारको लागतमा तरकारी संकलन केन्द्र पनि सो स्थानमा स्थापना भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter