बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति

Koshi Floodवीरगञ्ज, भदौ ३ गते । बारामा सञ्चालित माछा सुपरजोनमा बाढीले बगाउँदा करिब रु ५० करोड मूल्य बराबरको क्षति भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित माछा सुपरजोनमा करिब सात सय मेट्रिकटन माछा बगाएर सो मूल्य बराबरको क्षति भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, इकाइ ( माछा सुपरजोन) सिम्रोनगढ बाराकाअनुसार केही दिन अघिको अविरल वर्षाका कारण आएको बाढीले करिब सात सय हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरी भत्काउँदा उक्त क्षति भएको परियोजना प्रमुख युगलकिशोर तिवारीले बताउनुभयो ।

माछासुपरजोन कार्यक्रमअन्तर्गत बाराको सिम्रौनगढ नगरपालिका, कचोर्वा, भगवानपुर, विलोनी, पेतपारी गाउँमा एक हजार हेक्टर क्षेत्रफलमा माछा पोखरी खन्ने कामसमेत बाढीले प्रभावित पारेको छ ।

सरकारले सात प्रदेशमा सात वटा सुपरजोन कार्यक्रम लागू गरेअनुरुप बारामा पनि माछा सुपरजोन कार्यक्रम लागू भएको हो । माछा खेतीका लागि बारा जिल्ला उर्वरभूमी भएकाले केही दिनयता आएको वर्षा र बाढीका कारण किसानले व्यावसायिक रुपमा गरेको माछाखेतीमा क्षति पु¥याएको र यसबाट करिब रु ३२ करोड ५० लाख मूल्य बराबरको माछा क्षति भएको दावी किसानको छ ।

यसैगरी बाराको कोल्हवी नगरपालिकाअन्तर्गत रहेको पोखरीमा बाढीको पानी पस्दा दुई हजार ५०० मेट्रिकटन माछा बगाउँदा करिब रु ५० करोड बराबरको क्षति भएको छ ।

यसैगरी बाढीले माछा ह्याचरी बगाउँदा रु ५० करोड र फिगर साइजको माछा बगाउँदा रु ३० करोड बराबरको क्षति भएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ ।

बाढीबाट व्यापक मात्रामा माछा बगाएर क्षति पु¥याएकाले पीडितलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग किसानको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter