गति लियो हस्तकला निर्यातले

Handicraft Goods Nepalलक्ष्मण दर्नाल / काठमाडौँ, भदौ ५ गते । नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरूको विदेश निर्यातमा वृद्धि भएको छ । विगत पाँच वर्षको तथ्याङ्क हेर्दा पाँच प्रतिशतले घटेको निर्यात अहिले १३ प्रतिशतले बढेको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सन् २०१३ को तुलनामा २०१४ मा १५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ मा ०.४८ प्रतिशते मात्र वृद्धि भएको निर्यात सन् २०१७ मा आइपुग्दा १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०१५ मा निर्यातको मात्रा घट्नुको कारण भूकम्प प्रभाव रहेको महासङ्घले जनाएको छ ।

हस्तकला महासङ्घले आर्थिक वर्ष २०७३÷७४ मा पााच अर्ब ३९ करोड ३८ लाख ९३ हजार ९५६ रुपियाँको सामानहरू निर्यात गरेको थियो । विगतका केही वर्षको तुलनामा हाल निर्यात राम्रो भएको महासङ्घका महानिर्देशक डा. गोविन्द रेग्मीले बताउनुभयो ।

महासङ्घले सन् २०१३ मा चार अर्ब ३६ करोड १६ लाख पाँच हजार रुपियाँको उत्पादन निर्यात गरेको थियो । २०१४ मा निर्यात वृद्धि गरी पाँच अर्ब तीन करोड ५९ लाख ५७ हजारको निर्यात गरेको थियो। जुन १५ प्रतिशतले वृद्धि भएको महासङ्घले जनाएको छ तर सन् २०१५ मा पाँच प्रतिशतले घटेर चार अर्ब ७८ करोड ५४ लाख ७६ हजारको निर्यात भएको थियो । सन् २०१६ मा पनि ०.४८ प्रतिशतले घटेर चार अर्ब ७६ करोड २४ लाख ६० हजारको उत्पादन निर्यात गरेको थियो । सन् २०१६ मा निर्यात १३ प्रतिशतले बढेर पाँच अर्ब ३९ करोड ३८ लाख ९३ हजार रुपियाँको निर्यात भएको थियो ।

महानिर्देशक डा. रेग्मीका अनुसार हाल परम्परागत पुराना उत्पादनको भन्दा नयाँ उत्पादनहरूको माग बढी छ । उहाँले भन्नुभयो, अहिले उत्पादन र निर्यातको अवस्था एकदमै राम्रो छ, भूकम्पका बेला अलि कम थियो, अहिले राम्रो भइसक्यो, राम्रो उत्पादन र निर्यात भनेको बढीमा १५ प्रतिशतसम्म वृद्धि भएको रेकर्ड छ ।

धातु र कपडाबाट उत्पादित हस्तकलाका सामग्रीहरूको माग बराबरी जस्तो हुने गरेको छ । कपडाहरूमा पस्मिना, उन, कटन, फलाटिन, सिल्क, अल्लो र ढाकाबाट उत्पादित सामग्रीहरू बढी माग हुने गरेको छ । त्यस्तै, सिल्भर, मेटल, काठ, थान्का, ढुङ्गा, छाला, बेतबाँस, प्लास्टिकलगायतका १६ प्रकारका उत्पादन विदेश निर्यात हँुदै आएको छ ।

नेपालमा उत्पादित हस्तकलाका सामानहरू विश्वका झण्डै ६० वटा देशमा निर्यात हुने गर्दछन् । त्यसमध्ये मुख्य गरी अमेरिका, चीन, जर्मनी, जापान, यूके, डेनमार्क, फ्रान्स र क्यानडामा निर्यात हँुदै आएको छ । युरोप र अमेरिकापछि भारतमा पनि निर्यात हुने महासङ्घले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा सबैभन्दा बढी अमेरिकामा एक अर्ब ८१ करोड दुई लाख ९७ हजार रुपियाँको निर्यात भएको छ । त्यसपछि चीनमा ७३ करोड ४३ लाख ६८ हजार रुपियाँको निर्यात भएको महासङ्घले जनाएको छ । जर्मनीमा ४८ करोड ५० लाख ३९ हजार, जापानमा ३७ करोड तीन लाख ८१ हजार, युकेमा २४ करोड एक लाख २४ हजार, डेनमार्कमा २३ करोड ५७ लाख ५७ हजार, फ्रान्समा १७ करोड ९४ लाख ९० र क्यानडामा १७ करोड ३८ लाख ५ हजार रुपियाँको उत्पादन निर्यात भएको छ । साथै भारतमा सात करोड ३० लाख १३ हजारको उत्पादन निर्यात भएको महासङ्घले जनाएको छ ।

हस्तकला महासङ्घले बजारमा मजदुरहरूको अभाव हुन थालेको जनाएको छ । परम्परागतरूपमा काम गर्ने मजदुरको सङ्ख्या कम हँुदै गएको र नयाँ मजदुर उत्पादन गर्न समय लाग्ने भएकाले अभाव हुन थालेको महासङ्घको भनाइ छ । महानिर्देशक डा. रेग्मी भन्नुहुन्छ ‘‘हस्तकला व्यवसायमा मान्छेलाई कसरी व्यस्त गराउने भन्ने कुरा चुनौतीपूर्ण हुँदै आएको छ, कालिगढको समस्या छ, यही पेसामा रहिरहन उनीहरूलाई पछिल्लो समय हीनताबोध हुन थालेको छ, कामको सम्मान नगर्ने परम्पराले गर्दा पनि समस्या भएको हुनसक्छ । ’’

हस्तकलाका मजदुरहरूको सङ्ख्या वृद्धि गर्नका लागि तालिमहरू सञ्चालन गरिँदै आएको महासङ्घले जनाएको छ । साथै हस्तकलाको प्रदर्शनीहरू गर्ने, प्रतियोगिताहरू आयोजना गर्ने सहज र सुलभ ऋण उपलब्ध गराउने काम हँुदै आएको डा. रेग्मीको भनाइ छ । नेपाली मजदुरहरूको सङ्ख्या कमी हुँदा पछिल्लो समय बंगलादेशी, भारतीयले पनि चाँदी र सुनका गहना एवं हस्तकलाका सामान बनाउने काम गर्दै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter