आजदेखि क्युरिटी इम्बोसड नम्बर प्लेट लागु

embossed-number-plateकाठमाडौँ, भदौ ५ गते । सवारीसाधनको व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले यातायात ब्यवस्था विभागले आजदेखि क्युरिटी इम्बोसड नम्बर प्लेट सुरु गरेको छ ।

मुलुकमा पहिलोपटक प्रयोगमा ल्याएको सो प्रविधिबाट सवारीसाधन र सवारी धनीको विवरणका साथै राजश्व असुलीको अवस्थाका बारेमा तत्काल जानकारी लिई सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न सकिने छ ।

यातायात व्यवस्था विभागले अमेरिका र बंगलादेशको संयुक्त डेटाटोर टाइगर आइटी कम्पनीलाई ठेक्का दिइएको र आगामी पाँच वर्षभित्र २५ लाख सवारीसाधन सो प्रणालीमा व्यवस्थित गर्ने सहमति सन् २०१६ मा भइसकेको छ । सवारीसाधनमा इम्बोसड नम्बर प्लेटमा ९९ प्रतिशत एल्मुनियम तथा विद्युतीय चिप्स राखिने छ ।

प्लेटमा अन्तराष्ट्रिय मापदण्डका सूचकांकसमेत प्रयोग गरिने हुँदा यो भरपर्दो र पारदर्शी रहने दावी बिभागको छ । प्लेटको कडापन एच ४१ र एच ४२ हुने र प्लेटको मोटाई शुन्य दशमलब ९८ एमएम हुनेछ । राष्ट्रपतिको सवारीसाधनमा नेपाली झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ, तल गाढा निलो रङ एनइपी, अक्षरमुनि लालीगुराँससहित नेपालको निसाना छाप हुनेछ । सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर, सार्वजनिक सवारीमा पहेँलो प्लेटमा कालो अक्षर,

निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर तथा कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानूनी व्यवस्था गरिएको छ । नेपालमा हाल प्रयोग भइरहेका विभिन्न २३ प्रकारका नम्बर प्लेटलाई अब पाँच प्रकारको प्लेटमा सीमित गर्ने व्यवस्था मिलाइएको छ । सवारीसाधनमा इम्बोसड नम्बर प्लेट राखेपछि सवारी चोरी हुने समस्या र अपराधका काममा प्रयोग हुने घटना पूर्णरुपमा नियन्त्रण हुने विभागका महानिर्देशक रुपनारायण भट्टराईले विश्वास व्यक्त गर्नुभयो । प्रणालीको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात क्षेत्रमा सो प्रविधिको प्रयोगले नयाँ आयाम थपेकाले अब अन्तराष्ट्रिय मापदण्डमा यातायातको व्यवस्थापन तथा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । प्लेटको बायाँ छेउँको माथि नेपालको झण्डा र त्यसको तल देश जनाउने गरी एनइपी र लेखिएको छ, त्यसको मुनि सुरक्षात्मक होलोग्राम राखिएको छ । प्लेटको माथि अञ्चल तथा तल लट नम्बर जनाउने गरी अंग्रेजी अल्फाबेटमा लेखिएको छ । यो संघीयताको अभ्यास सुरु भएपछि सोहीअनुरुप विकास गर्न सकिने विभागको भनाई छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter