मतदाता नामावलीमा ३९ हजार थप

Electionपोखरा, भदौ ६ गते । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखी सञ्चालन गरिएको सो मतदाता नामावली थप अभियानमा २० हजार ३५९ महिला र १९ हजार ४२ पुरुषले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडामा १३ हजार १०० महिला र ११ हजार १५५ पुरुष, अन्नपूर्णमा दुई हजार ३७२, माछापुच्छ«ेमा एक हजार ८६०, मादीमा दुई हजार ६३८ र रुपामा एक हजार १५० जनाले नाम दर्ता गराएका छन् ।

मुलुकका ७३ जिल्लाबाट पोखरामा आई विभिन्न पेशा र व्यवसाय गरेका सात हजार १२६ जनाले पनि नाम दर्ता गराएका छन् । अन्य जिल्लाका तीन हजार ३७७ महिला र तीन हजार ७४९ पुरुषको नामावली सम्बन्धित जिल्लाको मतदाता नामावलीमा समावेश गर्ने गरी पठाइने क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । अन्य जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जाका एक हजार ८३९, पर्वतका ८८९, धादिङका ६१९, लमजुङका ५१७ र तनहुँका ४३९ जनाले नाम दर्ता गराएको बताइएको छ ।

गत असार महिनासम्म कास्कीको मतदाता संख्या दुई लाख २४ हजार ८११ थियो । मृत्यु भएका, ठाउँ सार्न चाहेका, दुई ठाउँमा नामावली भएका र त्रुटि सच्याई जिल्लाको एकीकृत नामावली निकाल्ने काम भइरहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter