प्रधानमन्त्री देउवालाई स्वागत; काँग्रेस नेता निधि कार्यबाहक सभापति

PM in Indiaनयाँदिल्ली / भदौ ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुग्नुभएको छ ।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।

अहिले प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा केही समयका लागि विश्राम गर्दै हुनुहुन्छ ।

आज अपरान्ह ३ बजे उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ भने आजै साँझ ७:३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । रासस

काँग्रेस नेता निधि कार्यबाहक सभापति
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई तोक्नुभएको छ ।

भारतको पाँच दिने राजकीय भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएका सभापति देउवाले भारतबाट फिर्ता नहुँदासम्मका लागि नेता निधिलाई कावा सभापति तोक्नुभएको पार्टी कार्यालयले जनाएको छ ।

त्यसैगरी सभापति देउवाले आजै नेपाली काँग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित) को धारा २१ (ठ) बमोजिम हरिप्रसाद नेपाल (पाल्पा) राधेचन्द्र यादव (बारा) र अमृत अर्याल (मोरङ) तथा विधानको धारा २१ (झ) बमोजिम ध्यानगोविन्द रञ्जित (काठमडौँ) लाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवा काँग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे हृदयराम थानी सदस्य रहेको पार्टी केन्द्रीय अनुशासन समिति समेत गठन गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँदिल्ली जानुभएका प्रधानमन्त्री देउवा पाँच दिने राजकीय भ्रमण सम्पन्न गरी यही भदौ ११ गते स्वदेश फर्किनुहुनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter