दस्तखत गर्नेको नमूना हस्ताक्षर बुझाउन सूचित

Election Commissionकाठमाडौँ, भदौ ९ गते । निर्वाचन आयोगले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा सम्बन्धित दलको पदाधिकारीको दस्तखतको नमूना पेस गर्न आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । आयोगले उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको नाम, थर र निजको दस्तखतको नमूना आयोगको केन्द्रीय कार्यालय कान्तिपथ काठमाडौँमा भदौ १३ गतेसम्म बुझाउन दलहरुलाई सूचितसमेत गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

दस्तखतको नमूना बुझाउँदा राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय संलग्न गराउनुपर्ने आयोगले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter