सौराहामा पर्यटकको चहलपहल शुरु

Chitwan National Parkचितवन, भदौ ९ गते । पर्यटकको आगमन शुरु भएकै बेला बाढीका कारण होटल डुबानमा परेपछि अस्तव्यस्त भएको सौराहामा पर्यटकको चहलपहल शुरु भएको छ ।

साउन २९ गते राति बाढीले अधिकांश होटल डुबानमा परेपछि त्यहाँ रहेका पर्यटकलाई उद्धार गरिएको थियो । डुबानका कारण होटलमा रु १५ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याँक छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार त्यहाँका ११० वटा होटलमध्ये आधाभन्दा बढी पुनः सञ्चालनमा आएका छन् । राप्ति नदी छेउमा नै रहेका १२ वटा रेस्टुरेन्ट पूर्णरुपमा क्षति भएका थिए भने अन्यमा आंशिक प्रभाव परेको थियो ।

आंशिक प्रभावमा परेका धेरैजसो होटल मर्मत सम्भार गरी पुनः सञ्चालनमा आएको उहाँले बताउनुभयो । बाढी गएका दिन सौराहामा ६०० पर्यटक रहेका थिए । त्यसपछिको दुई साता न्यून पर्यटकमात्र रहेका थिए । आजसम्म आइपुग्दा पर्यटकको संख्या दैनिक एक सयजना नाघेको घिमिरेले बताउनुभयो । उक्त समयमा भएका बुकिङ रद्ध हुँदा रु चार करोडभन्दा बढी नोक्सान भएको उहाँले बताउनुभयो । आउँदो साताबाट क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीले गरेका छन् ।

होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले कोठामा पानी नपसेकाले बाढी गएको तेस्रो दिनबाटै होटल सञ्चालनमा आएको बताउनुभयो । सौराहाका १५ वटा होटलले बाढी गएको तीन दिनपछि नै सेवा शुरु गरेका थिए । दुवाडीले आज पनि होटलमा १० जना पर्यटक रहेको बताउनुभयो । बाढी गएका दिन सो होटलमा ५७ जना पर्यटक रहेका थिए ।

पर्यटकको चहलपहल शुरु भएपछि सौराहामा हात्ती, जिप, डुंगा सफारी शुरु भइसकेको छ । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकखण्डको स्तरोन्नतिका कारण हुने अवरोधले सौराहामा पर्यटन क्षेत्र प्रभावित भएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ, भालुलगायतका जनावर हेर्न स्वदेशी र विदेशी पर्यटक आउने गर्छन् । सौराहा देशको तेस्रो पर्यटकीय गन्तव्य हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter