मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा

kidney-diseaseझापा, भदौ ९ गते । मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गर्नुभयो ।

मेची अस्पतालमा शुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रुपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उहाँले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रू ५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिनुभयो ।

चारवटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उहाँले बताउनुभयो ।

उक्त अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । रु ३० लाखको लागतमा सो उपकरण खरिद गरी सेवा शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनुभयो ।

भिडियो इण्डोस्कोपी सेवा शुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा ठाकुरले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter