सङ्घीय संरचनामा नेपाल प्रहरी; निर्वाचनका लागि सुरक्षा तयारी पूरा

police logoकाठमाडौं , भदौ १२ गते । नेपाल प्रहरी सङ्घीय संरचनामा रूपान्तरण भएको छ । सङ्घीय संरचना अनुसार क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र अञ्चल प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले पाँचवटा प्रदेशका क्षेत्रीय प्रहरी कार्यालयलाई सङ्घीय प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय नभएको प्रदेश नम्बर २ र ५ मा नयाँ संरचना निर्माण भइरहेको जानकारी दिनुभयो ।

सङ्घीय प्रहरीको संरचना, ढाँचा, कार्यविधि, जनशक्ति, चेन अफ कमान्ड र भौतिक संरचना निर्माणका अतिरिक्त शान्तिसुरक्षाको विषयमा छलफल तथा आवश्यक अध्ययन गर्न सातवटै प्रदेशको कमान्डमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाइएको उहाँले बताउनुभयो ।

सङ्घीय प्रहरी ऐन कार्यान्वयनमा नआइसकेकाले “सातवटै प्रदेशको शान्तिसुरक्षा लगायत विविध अवस्थाबारे बुझ्न सजिलो होस् भन्नका लागि प्रदेश कमान्डरका रूपमा एआईजी खटाइएको हो,” उहाँले भन्नुभयो, “ऐन लागू भएपछि संरचना पूर्ण रूपमा परिवर्तन हुनेछ । ”

यो सङ्क्रमणकालीन अवस्थाका लागि प्रदेश प्रहरी प्रमुखका रूपमा खटेका अतिरिक्त महानिरीक्षकहरू केन्द्रबाट सञ्चालित कमान्ड (प्रहरी प्रधान कार्यालय)बाट निर्देशित हुनेछन् । सङ्घीय प्रहरी ऐन लागू नभएसम्म प्रदेशदेखि जिल्लासम्मका प्रहरीको परिचालन, खटनपाटन तथा कमान्ड भने पुरानै शैलीमा हुनेछ । प्रदेश प्रहरीले नै सङ्घीय प्रहरीको मुख्य कार्यालय (हेडक्वाटर) कहाँ राख्ने ? भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।

सङ्घीय प्रहरीका लागि १९ हजार ३६९ नयाँ जनशक्ति माग भइरहेको जनाइएको छ । हाल नेपाल प्रहरीमा करिब ९३ हजार जनशक्ति रहेको छ ।

निर्वाचनका लागि सुरक्षा तयारी पूरा

प्रदेश नम्बर २ को आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि आवश्यक सुरक्षा तयारी पूरा भएको जनाइएको छ । प्रदेश–२ को निर्वाचन सुरक्षाका लागि प्रहरी परिचालन भइसकेको छ, तराई डुबानका कारण केही समस्या थपिए पनि निर्वाचन शान्तिसुरक्षामा कुनै कमी नआउने प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

निर्वाचनको पहिलो सुरक्षा घेरा र जिम्मेवारी प्रहरीको भएकाले तराईमा अशान्ति मच्चाइरहेका कतिपय समूहका सम्पूर्ण गतिविधि उच्च निगरानीमा राखिएको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter