एक सय तेह्र विद्यालय पुनःनिर्माण; भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

schoolगोरखा, भदौ १४ गते । फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिनुभयो ।

दुईकोठे एउटा भवन पुनः निर्माणलाई रु १० लाख ३८ हजार लगानी भएको छ । भवन पुनः निर्माणलाई ४.५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो ।

विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताउनुभयो । पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा ११३ विद्यालय, मकवानपुरमा १११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ ।

युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो ।

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४४९ विद्यालयमध्ये अहिलेसम्म २०५ वटा पुनःनिर्माण भइसकेको र १५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताउनुभयो ।

भूकम्प अनुदान रकम चोरी गर्ने दुईजना पक्राउ

गोरखाको धार्चे गाउँपालिका–६ काशीगाउँका सूर्य घलेको साथबाट रु एक लाख ३१ हजार चोरी गरेको आरोपमा प्रहरीले काशीगाउँका दुईजना युवालाई पक्राउ गरेको छ । पक्राउ भएका युवालाई आज जिल्ला प्रहरी कार्यालय गोरखा ल्याउने तयारी छ ।

घलेको साथमा रहेको निजी आवास पुनःनिर्माण अनुदान रकम चोरीमा संलग्न काशीगाउँका २१ वर्षीय यसा गुरुङ र २० वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो । चोरीमा संलग्न अर्का एकजना फरार छन् । उनको खोजी भइरहेको छ ।

चोरी गरेको रु एक लाख ३१ हजार बिम्बो घलेको घरबाट प्रहरीले मंगलबार बरामद गरेको छ । फरार रहेका बिम्बो घलेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मान्वुका असई रेखबहादुर थापा नेतृत्वमा सातजना प्रहरी टोली चोरीमा संलग्नको खोजीमा लागिपरेका छन् । सोमबार राति १२ बजे भेडीगोठमा सुतिरहेका सूर्य घलेलाई कुटपिट गरी उनको साथबाट रकम लुटपाट भएको थियो । घलेको मुखमा गम्भीर चोट लागेकाले उनलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter