प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आयोगको ध्यान केन्द्रित

Chief Election Commissionerकाठमाडौँ, भदौ १५ गते । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सम्पूर्ण तयारी त्यसतर्फ केन्द्रित गरेको जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले आज आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले निर्वाचनसँग सम्बन्धित अत्यन्तै महत्वपूर्ण रहेको निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेकाले अब आयोग प्रदेशसभा र प्रतिनिधिसभा ऐनको प्रतीक्षामा रहेको बताउनुभयो ।

प्रवक्ता ढकालले भन्नुभयो, “निर्वाचन कानून महत्वपूर्ण कुरा हो, मतपत्रको ढाँचा, संख्या, जनशक्तिजस्ता महत्वपूर्ण कुराहरु यो सँग जोडिएका हुन्छन् ।”आयोगले अहिले मतदाता नामावली संकलन, प्रशोधन र अरु आवश्यक सामग्रीको जोहो गर्ने कार्यमा जुटिरहेको उहाँले बताउनुभयो ।

एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले भन्नुभयो, “हिमाली र उच्च पहाडीगरी ३० भन्दा केही बढी जिल्लामा पहिलो चरणमा मंसिर १० गते तथा बाँकी पहाडी र तराई जिल्लामा दोस्रो चरणमा तर एकै पटक प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा आयोग जुटेको छ ।”

स्थानीय तहको तेस्रो चरणको निर्वाचन गर्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आइसकेको, मतदाता शिक्षा कार्यकता परिचालन गरिएको, मतपत्र र अन्य सामग्रीको ढुवानी व्यवस्थापन भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि यही भदौ २१ गते उम्मेदवारको मनोनय दर्ता हुने र २४ गते निर्वाचन चिह्न वितरण गर्ने कार्यक्रम छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter