महाकाली पुलले अर्थतन्त्र विकासमा मद्दत पुग्ने छ : प्रम

Deuba Pul Silyanasभीमदत्तनगर, भदौ १५ गते । प्रधानमन्त्रीसभापति शेरबहादुर देउवाले महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज शिलान्यास गर्नुभएको छ ।

शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पुल बनेपछि सुदूरपश्चिमको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले महाकाली नदी पारि दोधारा चाँदनीमा पनि सुख्खा बन्दरगाह निर्माण थालिने बताउँदै आफू भारत भ्रमण गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि बन्दरगाह बनाउने विषयमा कुराकानी भएको जानकारी दिनुभयो ।

“महाकाली पुलसँगै पश्चिमको आर्थिक नाकाका रुपमा कञ्चनपुर नाका विकास हुने छ, सुख्खा बन्दरगाह बने युरोप र अरबको सामान ढुवानीमा समेत सहज हुनेछ” उहाँले भन्नुभयो ।

पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि एक महिनाभित्र तयार गरिने र छिट्टै पञ्चेश्वरको पनि शिलान्यास हुने उहाँले बताउनुभयो । पञ्चेश्वर बने मुलुकलाई नै फाइदा पुग्ने बताउँदै उहाँले उक्त परियोजना बने सुदूरपश्चिमलाई अझ बढी फाइदा पुग्ने भनाइ राख्नुभयो । दार्चुला, डडेल्धुराको पर्शुराममा पनि महाकाली नदीमा पुल निर्माण हुने बताउँदै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । कैलालीको गेडामा रहेको विमानस्थललाई आगामी छ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाइने उहाँको भनाइ थियो । साथै सुदूरपश्चिमसँग जोडिएको चीनका नाका सञ्चालन गराउने विषयमा आफूले चिनियाँ पक्षसित वार्ता गरिरहेको उहाँले बताउनुभयो । मेचीमा पनि छ लेनको पुल निर्माणका लागि भारतसँग सम्झौता भएको मन्त्री बलायरले जानकारी दिनुभयो ।

सडक सुधार आयोजनाका प्रमुख सुशीलबाबु ढकालले महाकाली नदीमा निर्माण हुने पुलका विषयमा प्रतिवेदन पेश गर्दै आगामी तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको ८०० मि लम्बाइको पुलसँगै महाकाली नदी वारिपारि गरी झण्डै आठ किमी छ लेनको सडकसमेत निर्माण हुने जानकारी दिनुभयो । तेइस दशमलव आठ मि चौडाइको उक्त पुल निर्माणका लागि रु तीन अर्ब २७ करोडको ठेक्का सम्झौता भएको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi