मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचकः अर्थमन्त्री कार्की; लगानीको वातावरण बनेकोमा निजी क्षेत्र खुसी

Gyanendra Karki, Finance Ministerकाठमाडौँ, भदौ १६ गते । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाटसहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छाँै । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।”

नेपाल आर्थिक पत्रकार समाज(सेजनको)को १८ आँैं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले मुलुकलाई संवृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्नु सहज हुनेमा जोड दिनुभयो ।

लगानी भित्र्याउन र त्यसलाई सहीरूपले परिचालन गर्न जरुरी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “शहरी र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउनु जरुरी छ । त्यसले आर्थिक विकास मात्रै नभइ रोजगारीका अवसर समेत सिर्जना गर्दछ ।”

संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ भन्दै उहाँले प्रदेश र संघको निर्वाचनपछि मुलुक पूर्णरुपमा राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने र आर्थिक संवृृद्धिका मार्गसमेत प्रशस्त हुने उल्लेख गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत चार प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सवल बन्दै गएको तथा लगानीका वातावरण समेत बनेको छ भन्नुभयो ।

उहाँले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको र त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पु¥याएको चर्चा गर्नुभयो ।

बैंक तथा वित्तीय संस्थाको क्षमतामा समेत बढोत्तरी भएको उल्लेख गर्दै उहाँले ८० प्रतिशत भन्दा बढी भू–भागमा वित्तीय संस्थाको पहुँच पुगेको र बाँकी रहेको २० प्रतिशत क्षेत्रमा समेत छिट्टै विस्तार गर्ने नीति रहेको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाको विस्तारले नै आर्थिक गतिविधि बढाउन सहयोग पु¥याएको छ भन्दै मुलुकको समग्र आर्थिक विकासमा उद्योग व्यवसायी, सरकार र सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको स्पष्ट पार्नुभयो ।

लगानीको वातावरण बनेकोमा निजी क्षेत्र खुसी

कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुसी व्यक्त गर्दै दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको आवश्यता औल्याउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारको सकारात्मक पहलपछि मुलुकमा आर्थिक क्षेत्रको विस्तार भएको, लगानीको वातावरण बनेको र रोजगारीका थप अवसर सिर्जना भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सरकार, निजी क्षेत्र र सञ्चार जगतको सहकार्यले नै मुलुकमा आन्तरिक ताथ बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने उहाँको कथन थियो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक गतिविधि बढ्दै गएको र निरन्तर विद्युत् आपूर्तिले उद्योग व्यवसायीलाई लगानीका लागि अभिप्रेरित गरेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक पत्रकारसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक क्षेत्रको विकास र विस्तारमा आफूहरु सबैसँग सहकार्य गरेर अगाडि जान तयार रहेको बताउनुभयो ।

नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया शुरु

नेपाल पत्रकार महासंघका पूर्व सभापति डा सुरेश आचार्य संयोजत्व रहनुभएको निर्वाचन समितिले सेजनको नयाँ कार्यसमितिका लागि चुनावी प्रक्रिया शुरु भएको जनाएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा पुष्पराज आचार्य र मोदनाथ ढकालले उम्मेदवारी दिनुभएको छ । यस्तै उपाध्यक्षमा रामराजा श्रेष्ठ र प्रभात भट्टराई, महासचिवमा भीम गौतम, अनुजराज ढुंगेल र जनार्दन बराल प्रतिस्पर्धामा उत्रिनु भएको छ । यस्तै सचिवमा सुजन ओली र नवीन अर्याल, कोषाध्यक्षमा सरस्वती ढकाल र भागवत भट्टराईले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन कार्यक्रम दिउँसो १ बजेदेखि शुरु हुने र साँझसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter