नारायणगढ मुग्लिन सडकखण्डमा मुआब्जा वितरण

Narayangadh Mugling Highwayचितवन, भदौ २० गते । नारायणगढ मुग्लिन सडकखण्डको सडक छेउमा रहेका पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेश गरेको मुआब्जा रकमलाई समितिले अनुमोदन गरी घरधनीलाई मुआब्जा लिन आउन आह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसललगायतको मुआब्जा रु एक करोड ४४ लाख १४ हजार निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भइरहेकाले अहिलेको भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआब्जा निर्धारण उपसमितिका संयोजक नेत्रप्रसाद शर्माले बताउनुभयो ।

विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नबन्दासम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजारसमेत दिइने छ । सो कार्यका लागि रु २० लाख ८० हजार वितरण गरिँदै छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयमा गत आवमा मुआब्जाका लागि रु ५० लाख पठाइसकेको थियो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार थप रकम तत्काल पठाउन सकिने हँुदा प्रभावितले तुरुन्तै मुआब्जा रकम पाउने छन् ।

जीवनपयोगी सीप विकासका लागि आयोजनाले गत वर्ष पनि च्याउ, ब्रिकेट, बाख्रापालनलगायतका तालीम दिएको थियो । खनालका अनुसार यस वर्ष पनि त्यस्ता तालीम दिइने छ । तालीमपछि उनीहरुले काम गर्नका लागि रु १० हजार रकम पाउने छन् । उनीहरु बसेका सबै जमिन बाटो क्षेत्र पर्दछ । विश्व बैंकको सहयोगमा सडक विस्तार भएकाले व्यवस्थित स्थानान्तरण र जीवन सञ्चालनमा सहयोग पु¥याउने काम आयोजनाबाट हुनुपर्ने हुन्छ । सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा चौडा बनाउँदा स्थानीयवासीलाई स्थानान्तरण गर्नुपरेको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter