पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने

melamchiकाठमाडौँ, भदौ २० गते । विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेशी जनताको भावना बुझ्ने पार्टी काँग्रेस भएकाले’ काँग्रेसले धेरै तहमा निर्वाचन जित्ने बताउनुभयो । “काँग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं ।” उहाँले १३६ स्थानीय तहमध्ये ११५ स्थानीय तहको उम्मेदवार टुंगिसकेकाले अरु उम्मेदवार पनि आजै टुंगो लगाइने बताउनुभयो ।

खानेपानी तथा सरसफाइमन्त्री यादवले आगामी पुसभित्र मेलम्ची खानेपानी राजधानीभित्र आइसक्ने बताउनुभयो । उहाँले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किमीमध्ये १.८ किलोमिटर बाँकी रहेको जानकारी पनि दिनुभयो ।

नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेयले स्थानीय तहको दुई चरणमा भएको निर्वाचनमा पहिलो पार्टी एमाले भएजस्तै तेस्रो चरणको निर्वाचनमा पनि पार्टीले बहुमत हासिल गर्ने बताउनुभयो । उहाँले एमालेले मुलुकको हितमा काम गर्ने जुनसुकै दलसँग पनि तालमेल गर्ने स्पष्ट पार्नुभयो । फरक प्रसंगमा पूर्व उद्योगमन्त्री पाण्डेयले सरकारकै मिलोमतोमा सुन कारोबार भइरहेको आरोपसमेत लगाउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता अमललाल मोदीले तराईका अधिकांश स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने बताउनुभयो । उहाँले आफ्नो राम्रो भएको क्षेत्रमा एक्लै लड्ने र नभएको स्थानमा नेपाली काँग्रेस र मधेशी दलसँग सहकार्य गरिने स्पष्ट पार्नुभयो ।

राजपाका नेता केशव झाले प्रदेश नं २ मधेशी दलको क्षेत्र भएकाले ९० स्थानमा राजपाले जित हासिल गर्ने जिकिर गर्नुभयो । उहाँले स्थानीय नेताको आवश्यकतानुसार काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रसँग सहकार्य हुने जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter