‘विश्व आत्महत्या रोकथाम दिवस : आत्महत्याका समाचार दिँदा सचेत हुनुपर्ने’

Suicideकाठमाडौँ, भदौ २५ गते । सञ्चारमाध्यमले आत्महत्यासम्बन्धी समाचार प्रकाशन/प्रसारण गर्दा संवेदनसील हुनुपर्नेमा जोड दिइएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज राजधानीमा मनोविज्ञान सम्प्रदाय नेपाल र साइडडेक्स फाउन्डेशनले आयोजना गरेको ‘आत्महत्या न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा सहभागिले आत्महत्यालाई पे्ररित गर्ने खालका शीर्षक र समाचारको आशयका समाचार लेख्नबाट बच्नुपर्नेमा जोड दिइएको थियो ।

मनोविज्ञानमा विद्यावारिधि गर्नुभएका विजय ज्ञवालीले आत्महत्याका समाचार कहाँ राख्ने, केके कुरा समेट्ने, शीर्षक कस्तो राख्ने भन्ने विषयमा सजक हुनुपर्ने बताउनुभयो । आत्महत्याबारे खुलेर कुरा नहुँदा र आत्महत्याको सोच, व्यवहार र प्रयासलाई गम्भीरतापूर्वक नलिँदा घटनामा वृद्धि भएको उहाँको भनाइ छ ।

प्रजनन उमेर समूह (१५–२९)का व्यक्तिको मृत्युको तेस्रोे प्रमुख कारण आत्महत्या रहेको ज्ञवालीले बताउनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या हो । साठी प्रतिशत आत्महत्या निराशाका कारणले हुने उहाँको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक वर्ष आठ लाख बढी व्यक्तिले आत्महत्या गर्छन । साइडडेक्स फाउण्डेशनका अध्यक्ष नरेन्द्र ठगुन्नाका अनुसार आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्म नेपालमा २२ हजार ६०७ जनाले आत्महत्या गरेका छन् । गृहमन्त्रालयबाट लिइएको उक्त तथ्यांकमा झुण्डिएर र विष सेवन गरी आत्महत्या गर्नेको संख्या उच्च छ ।

गरिबी, सामाजिक मूल्यमान्यता, मानसिक समस्या, विभिन्न प्राकृतिक विपत्ति, बसाइँसराइ, प्रेममा असफलता लगायतका कारणले आत्महत्याका घटनामा वृद्वि भएको बताइन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter