सबै प्रान्तमा कला क्याम्पस स्थापना हुनुपर्ने

Art exhibitionकाठमाडौँ, भदौ २६ गते । नेपाली कलाको विकासमा संस्थागत प्रयत्न हुनुपर्ने अग्रज कलाकार गोविन्दलाल सिंह डंगोलले बताउनुभएको छ ।

ललितपुर, पुल्चोकस्थित पार्क ग्यालरीमा नेपाल ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’ को १७औंँ शृङ्खलामा डंगोलले कलाको विकास र प्रवद्र्धनमा योजनागत रुपमा काम गर्नुपर्ने बताउँदै भन्नुभयो, “नेपाली कलाको विकासमा कला शिक्षाको महत्वपूर्ण भूमिका रहन्छ । यसमा राज्य तथा सरोकारी संस्थाले ध्यान दिनुपर्छ ।”

पार्क ग्यालरीमा डंगोलको एकल कला प्रदर्शनी चलिरहेको छ । सोही प्रदर्शनीको छेको पारेर डंगोलको कला यात्रा, शिक्षा क्षेत्रमा उहाँले गरेका काम र सिर्जनाका विविध आयामका बारेमा बहस गरिएको थियो । नेपाली कलामा योगदान पु¥याउने कलाकारलाई कलाका कुरामार्फत चिनाउनका लागि संवाद कार्यक्रम गरिएको समाजका सचिव मधु शाहीले जानकारी दिनुभयो ।
सरकारी छात्रवृत्ति पाएपछि मुम्बईको जेजे स्कुल अफ आर्टस्बाट कलाको अध्ययन गर्नुभएका डंगोलले ३७ वर्ष ललितकला विषयमा प्राध्यापन गर्नुभयो ।

दुई पटक ललितकला क्याम्पसको प्रमुख भइसक्नुभएका डंगोलले चित्रका विभिन्न माध्यम र शैलीमा काम गर्नुभएको छ ।

उहाँले आधुनिक, समसामयिक, परम्परागत तथा वास शैलीमा समेत काम गर्नुभएको छ ।

नेपाली कलामा पश्चिमी कलाको प्रभाव बढी रहेको बताउँदै उहाँले नेपालको मौलिक कलाको विकासमा शिक्षा तथा अन्य क्षेत्रमा प्रवद्र्धनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले थप्नुभयो, “देशका सबै प्रान्तमा कम्तीमा एउटा कलाको क्याम्पस स्थापना गर्न राज्यले पहल गर्नुपर्छ । कलाको विकासविना हामी कसरी समृद्ध बन्न सक्छौंँ र ?” डंगोलसँग समाजका महासचिव देवेन्द्र थुम्केलीले सहजीकरण गर्नुभएको थियो ।

‘डिभाइन फेरभोर एन्ड हिज अब्स्ट्राक्ट’(दैवी उत्साह र उनको अमूर्तता) शीर्षकमा गरिएको प्रदर्शनीमा डंगोलले विभिन्न भावभंगीमा रहेका गणेशका चित्र राख्नुभएको छ ।

आफू सानैदेखि गणेशको भक्त रहेकाले गणेशकै चित्र बनाएको डंगोलले बताउनुभयो । मूर्त तथा अमूर्त गणेशमा कलाकारले आफ्नो मौलिक शैलीलाई प्रस्तुत गरेका छन् ।

कलामा समाज, संस्कृति, देश र पर्यावरणको सपाट कोलाज देखाउँदै सिर्जनाको नयाँ चौतारीमा डंगोलले आफूलाई उभ्याउँदै आउनुभएको ।

उहाँले विशेषगरी गणेश विम्बमा कला रचना गर्दै आउनुभएको छ ।

उहाँका कलामा रङ विषयको प्रस्तुतिमा निकै कलात्मकता पाइन्छ । रङको जादुमयी प्रस्तुति डंगोलको महत्वपूर्ण विशेषता हो ।

सांस्कृतिक सहअस्तित्व र आध्यात्मिक भाव उहाँका कलाका मुख्य आधार हुन् । प्रदर्शनी आगामी असोज २९ गतेसम्म रहने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter