गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नुपर्ने समस्या

Nepal Rastra Bank

म्याग्दी, भदौ २६ गते । म्याग्दी जिल्लाको एक नगरपालिका सहित छ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा बैंक नहुँदा सर्वसाधारण,स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या परेको छ ।

बैंक नभएका कारण कारोबारका लागि सबै सदरमुकाम धाउन बाध्य भएका छन् । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बैंकको कामकै लागि दिनभर लगाएर सदरमुकाम आउन बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ, त्यसैले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम आउनैपर्ने बाध्यता रहेको छ ।

अहिले सदरमुकाम बेनीबजारमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकलगायत एक दर्जन बढी निजी तथा विकास बैंकले सेवा दिइरहेका छन् भने मालिका गाउँपालिकाको दरबाङमा सरकारी बैंक नभए पनि गरिमा लगायतका निजी बैंक रहेका छन् । यता मंगाला गाउँपालिकाको केन्द्र बाबियाचौरमा गरिमा विकास बैंकबाट नै कारोबार हुँदै आएको छ । गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् ।

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter