खोइ स्थानीय तहमा सुविधा ?

Federal Statesनगेन्द्र सापकोटा / काठमाडौँ, भदौ २६ गते । स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई उत्प्रेरित नगर्ने होे भने सेवा प्रवाहमा समस्या आउने दाबी विज्ञहरूले गरेका छन् । सरकारले स्थानीय तहमा कर्मचारीलाई जबरजस्ती धकेल्नेभन्दा पनि स्थानीय तहले कर्मचारीलाई स्वतः आकर्षण गर्नुपर्ने पनि स्थानीय शासन विज्ञहरूले औँल्याउनुभएको छ ।

स्थानीय तहमा काम गर्दा भौगोलिक विकटता, आफन्तबाट टाढा रहनुपर्ने, बिरामी हुँदा उपचारमा कठिनाइ लगायतका समस्या हुने भएकाले यहाँ काम गर्ने कर्मचारीलाई केन्द्रले उत्प्रेरित र स्थानीयले आकर्षण गर्नुपर्ने विज्ञहरूले सुझाउनुभएको हो ।

स्थानीय शासन विज्ञ पूर्वसचिव डा. रवीन्द्र शाक्यले स्थानीय तहमा जबरजस्ती कर्मचारी धकेल्नेभन्दा पनि स्वतः स्थानीय तहमा कर्मचारीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार कर्मचारीको कार्यदक्षताका आधारमा सेवासुविधामा वृद्धि, अध्ययन र तालिमको अवसर दिने हो भने स्थानीय तहमा आकर्षण बढ्छ । उहाँले भन्नुभयो, “स्थानीय र सङ्घमा कार्यरत कर्मचारीको समान सेवासुविधा हुँदा स्थानीय तहमा कर्मचारीको आकर्षण हुँदैन । कर्मचारीको अभावमा सेवा प्रवाहमा ठूलो समस्या ल्याउने हुँदा ऐनमा स्थानीय तहमा कार्यरत कर्मरचारीलाई विशेष सेवा सुविधाको व्यवस्था गर्नुपर्छ । ”

अर्का स्थानीय शासनविज्ञ पूर्वसविच खेमराज नेपाल स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले निश्चित काम, निश्चित समयसीमाभित्र सम्पन्न गरेपछि विशेष सुविधा पाउने मापदण्ड निर्धारण गर्ने हो भने आकर्षण बढ्ने बताउनुहुन्छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पनि कर्मचारीको कामका आधारमा सेवासुविधा प्रदान गर्ने हो भने स्थानीय तहमा स्वतः कर्मचारीको आकर्षण बढ्छ । जबरजस्ती स्थानीय तहमा कर्मचारी पठाउँदा स्थानीय तहमा कर्मचारी र निर्वाचित जनप्रतिनिधिबीच द्वन्द्व बढ्ने र त्यसको प्रत्यक्ष असर सेवाग्राहीलाई पर्ने तर्क उहाँहरूको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार पछिल्लो समय गाउँपालिका र नगरपालिकाको कार्यालयबाट अन्यत्रै कार्यालयमा सरुवा हुन माग गर्नेको सङ्ख्या अत्यधिक छ तर मन्त्रालयले अत्यावश्यक अवस्थामा बाहेक स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्य कार्यालयमा सरुवा हुन रोक लगाए पनि सरुवा हुन आउनेको सङ्ख्या दैनिक बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७५ वटै जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारीले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाहेक अन्य मन्त्रालयमा सरुवा हुन माग गर्नुभएको छ । त्यस्तै गत वर्ष मात्र लोकसेवा आयोगबाट शाखा अधिकृतमा सिफारिस भई गाउँपालिकामा कार्यरत २७० जना शाखा अधिकृत, सयभन्दा बढी पुराना शाखा अधिकृत र नगरपालिकाका ६० जना कार्यकारी अधिकृतले गाउँपालिका र नगरपालिकाबाट सरुवाको माग गर्नुभएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter