आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन- प्रधानमन्त्री देउवा

Sher Bahadur Deuwaविराटनगर, भदौ २७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उहाँले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराउनुभयो ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।”

संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको उल्लेख गर्नुभयो ।

नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उहाँले यस विषयमा छानबिन भइरहेको जानकारी गराउनुभयो ।

नेपाली काँग्रेसको सभापतिसमेत रहनुभएका देउवासमक्ष पत्रकारको जिज्ञासामा उहाँले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पार्नुभयो ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गर्नुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter