बौद्ध विश्वविद्यालयले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

Buddhaबुटवल, भदौ २७ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा स्नातक तहको नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिज्म, ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बिबिटिटिएम) को कक्षा सञ्चालन गर्ने भएको हो ।

जुनसुकै संकायबाट कक्षा १२ पास गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउने विश्वविद्यालयका कार्यकारी समिति सदस्य तथा निवर्तमान क्याम्पस प्रमुख इन्द्र काफ्लेले जानकारी दिनुभयो ।

कक्षा १२ मा कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीलाई भर्ना गरिने विश्वविद्यालयले जनाएको छ । होटल म्यानेजमेन्ट, इभेन्ट म्यानेज, टुरगाइड, एयर टिकेटर, पर्यटन म्यानेजर बन्न चाहने विद्यार्थीको लागि यो महत्वपूर्ण सावित हुने विश्वविद्यालयले जनाएको छ ।

पहिलो वर्ष ४० विद्यार्थीलाई मात्रै भर्ना गरिने काफ्लेले बताउनुभयो । विश्वविद्यालय अनुदान आयोगको सहयोग रहेकाले विश्वविद्यालयले सस्तो शुल्कमै यो पाठ्यक्रम अध्यापन गराउने छ । अंग्रेजी माध्ययमा सञ्चालन हुने यो कार्यक्रममा ऐच्छिक विषयका रुपमा चिनियाँ भाषासमेत पढ्न पाइनेछ ।

लुम्बिनी क्षेत्र र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदै गरेकाले यो विषयको अध्यापन शुरुवातलाई महत्वपूर्ण मानिएको छ । हाल अध्ययन गरेका टुरगाइड हुँदा नेपालमा पर्यटन प्रवद्र्धन हुन सकेको छैन् ।

उपप्राध्यापकसमेत रहेका काफ्लेले बौद्ध स्मारकहरुलाई पर्यटनको महत्वपूर्ण क्षेत्र मानिएकाले त्यस सम्बन्धित जनशक्ति आवश्यक भएको भन्दै विश्वविद्यालयले नयाँ पाठ्यक्रम ल्याएको बताउनुभयो ।

कक्षा १२ पास गरेर बसेका विद्यार्थीले सम्पूर्ण म्यानेजमेन्टको कक्षा यो कोर्षबाट पाउने काफ्लेले बताउनुभयो । विश्वविद्यालयले तिहारपछि कक्षा सञ्चालन गर्ने गरी भर्ना लिने तयारी गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter