साउदीको सीपले गाउँमै आम्दानी

Vegetable farming Nepalनवीनराज कुइँकेल / बेसीसहर, भदौ २७ गते । बेसीसहर नगरपालिका–५, टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा पनि यही पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।

६१ वर्षीय वीरबहादुर र ३९ वर्षीया पत्नी चिजाको दैनिकी तरकारी खेतीमा बित्ने गर्छ । सात वर्षदेखि तरकारी खेतीमा लागेका यी दम्पतीको दिनाचार्य विभिन्न जातका हरियो तरकारी फलाउने र बजार पु¥याएर बिक्री गर्दैमा बित्छ ।

उहाँहरूले बारीमा काँक्रो, करेला, घिरौँला, लौका, बोडी, सिमी, भिण्डी, खुर्सानी, गोलभेँडालगायत तरकारी फलाएका छन् । अहिले उनीहरू मौसमी तरकारीको स्याहारमा व्यस्त छन् । घरछेउको पाँच रोपनी बारीमा विभिन्न जातका हरियो तरकारी लगाइएको छ ।

सात वर्षदेखि तरकारी खेतीमा लागिरहेको छु, वीरबहादुरले भन्नुभयो । आफ्नै माटोमा दुःख गरेर मासिक ६० हजार जति कमाइ हुन्छ । यसमै खुसी छु ।

२०४५ सालमा पहिलोपटक रायोको साग, प्याज र तोरीको सागबाट तरकारी खेती सुरु गरेका उहाँहरूले यतिबेला आफ्नो पाँच रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आउनुभएको छ । सुरुमा आफूले खानलाई मात्र तरकारी लगाइन्थ्यो । पछिल्लो सात वर्षदेखि व्यावसायिक खेती गरेका छौँ, चिजाले भन्नुभयो । बारीमा १७ प्रकारका तरकारीका साथै अङ्गुरलगायतका फलफूल पनि फलाएका छौँ ।

विक दम्पतीको मिहिनेत देखेर जिल्ला कृषि विकास कार्यालयले ४० हजार रुपियाँ अनुदान उपलब्ध गराइएको छ । जिल्ला कृषि प्रसार अधिकृत राजेश्वर सिलवालले विक दम्पती मिहिनेती किसान भएको र अनुदान रकमको पूर्ण सदुपयोग गरेको बताउनुभयो । उहाँहरूको पौरख देखेर छिमेकी पनि खुसी छन् । वल्र्ड भिजन लमजुङ एडीपी र आरसीडीसी नामक गैरसरकारी संस्थालेसमेत उहाँहरूको व्यवसायलाई प्रोत्साहन हुने गरी बीउ बिजनमा सहयोग गरेको छ ।

बारीमा उत्पादित तरकारी तथा फलफूल बेसीसहर बजारमा बिक्री गर्ने गरेको विकले बताउनुभयो । उहाँले बेसीसहर बजारमा हाटबजार नभएको र व्यवसायीले थोरै मूल्य दिने गरेकाले घरघरै बिक्री गर्दै हिँड्नुपर्ने झण्झट रहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter