भोली रातिबाट निर्वाचनको मौन अवधी सुरु, फेसबुक र भाइवरबाट पनि मत माग्न नपाइने; प्रमुख निर्वाचन आयुक्त डा. यादवको मतदान स्थल अझै डुबानमा !

Election Commissionकाठमाडौं, २९ भदौ | स्थानीय तहको तेस्रो चरणमा प्रदेश दुईमा आगामी असोज २ गते हुने निर्वाचनका शुक्रबार रातिबाट मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले विहिबार प्रेस विज्ञप्ति जारी गरी मौन अवधिको विषयमा जानकारी दिएको हो । विहिबार राति १२ बजेपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगतले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत नमाग्न निर्वाचन आयोगले सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

त्यस्तै मौन अवधि शुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउन पनि आग्रह गरेको छ । . एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गरे कारबाही हुने चेतावनी दिनुका साथै उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न संचारमाध्यामलाई अनुरोध गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवको मतदान स्थल अझै डुबानमा !

स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन तीन दिन बाकी छ । सरकारले असोज २ का लागि प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तय गरेको छ । प्रमुख पार्टीका शिर्ष नेताहरु चुनावी सभालाई सम्बोधन गर्न ब्यस्त छन् । तर, दुई तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेका प्र मुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवको मतदान स्थल भने अझै डुबानमा छ ।

राजविराज नगरपालिका–२ निवासी उनी राजदेवी चोकमा अवस्थित राष्ट्रिय प्राथमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् । प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदान गर्ने मतदान केन्द्रबाट २ हजार १ सय ७७ जना मतदाताले मदतान गर्नेछन् । यसमध्ये डा. यादवको मतदाता क्रम संख्या ५८२ र मतदाता नम्बर १५९२६४९ रहेको छ ।

प्रमुख निर्वाचन आयुक्तले मतदान गर्ने मतदानस्थलको अवस्था भने दयनिय छ । एकातिर मतदान केन्द्र डुबानमा छ भने, अर्कोतिर बाढीले भत्काएको बाटो मर्मत नहुँदा मतदाताहरुलाई मतदान केन्द्रसम्म पुग्न निकै कठिन छ ।

मतदान केन्द्र बनाइएको यो विद्यालयको प्राङ्गणमा अहिले पनि करिव डेढ फिटसम्म पानी जमेको छ । ‘विद्यालयमा जमेको पानीबारे जिल्ला शिक्षा कार्यालयलाई जानकारी गराइसकेका छौं’ विद्यालयकी प्रधानाध्यापिका सुचिता दासले भनिन्, ‘जमेको पानी बाहिर निकाल्नलाई सम्बन्धित निकायले पनि कुनै किसिमको चासो लिएको छैन् ।’

गत साउन २८ र २९ मा आएको बाढीपछि यस क्षेत्रका बाढीपीडित एक हप्तासम्म यसै विद्यालयमा ओत लागेका थिए । यो विद्यालय मात्रै होइन खडग नगरपालिकाको तीन वटा मतदान केन्द्रमा पुग्न अझै बाटो बनेको छैन् । बाढीले भत्काएको बाटो मर्मत सम्भार गर्न कसैले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter