जीर्ण जनकपुरको व्यवस्थापन गर्छौं – नगरप्रमुख साह

Janakpurजनकपुरधाम,असोज ९ गते । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले उपमहानगरपालिकाको सबैभन्दा प्रमुख कार्य जीर्ण जनकपुरको व्यवस्थापन भएको बताउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित शपथ ग्रहण समारोहमा बोल्दै उहाँले जनकपुरको गरिमालाई जोगाइराख्ने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभयो । निर्वाचनका क्रममा दलहरूबीच प्रतिस्पर्धा रहेकामा अब त्यस्तो प्रतिस्पर्धा सकारात्मक कामका लागि हुनुपर्ने उहाँको धारणा थियो ।

मिथिला संस्कृतिको जगेर्ना र सामाजिक एकताका लागि ऐक्यबद्धताको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

उपप्रमुख रीता झाले जनकपुरको सट्टा जनकपुरधाम प्रचलनमा ल्याउन र धार्मिक वातावरण निर्माण गर्न सबै पक्षको सहयोग जरुरी भएको धारणा राख्नुभयो ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनप्रतिनिधिहरूले अव्यवस्थित जनकपुरलाई व्यवस्थित गर्ने र धार्मिक सौम्यता कायम राख्ने कार्यलाई प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter