बाहिरिए १९ लाख; कालोबजारी गर्ने ३० पक्राउ

packed micro bus old bus parkuकिरण भट्टराई / काठमाडौँ, असोज १० गते । काठमाडौँ उपत्यकाबाट दशँै मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ । उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।

बडादशैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका चार नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरु धमाधम बाहिरिरहेका छन् । विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।

प्रवक्ता रञ्जितकारले सडक विस्तारका क्रममा भत्काइएको संरचनाको कारण सो क्षेत्रमा जाम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताको काम शुरु नहुँदै हामीले आग्रह गरेर ठेकेदारलाई कलंकीबाट थानकोटसम्मको सडकका खाल्डाखुल्डी पुर्न लगार्यौँ, अझै सडक सफा नभएकाले केही समस्या परेको छ ।”

दशैँमा बाहिरिने यात्रुलाई ध्यानमा राखी उपत्काका १२ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । सो कक्षबाट यात्रुलाई कुनै समस्या परे सहयोग गर्ने, जानकारी दिने, सवारी भाडा अनुगमन गर्ने लगायत काम भइरहेको छ ।

यस्तै सवारी साधनको बढी चाप हुने नयाँसडक, बसपार्क, कलंकीलगायत स्थानमा थप जनशक्ति परिचालन गरिएको प्रहरीको भनाइ छ । चाडपर्वमा मादकपदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढ्ने भएकाले मापसे जाँचलाई तीव्रता दिइएको छ । वरिष्ठ उपरीक्षक रञ्जितकारले अरु समयमा साँझ मात्रै हुने मापसे जाँच चाडपर्वको अवधिभर दिनभर पनि हुने जानकारी दिनुभयो । यस वर्ष यही असोज १४ गते विजयादशमी परेको छ ।

कालोबजारी गर्ने ३० पक्राउ

टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारबाही गरिएको छ ।

बढी रकम लिनेलाई लिएको रकम यात्रुलाई फिर्ता गर्न लगाई आवश्यक कानुनी कारबाही गरिएको रञ्जितकारले बताउनुभयो । चाडपर्वमा यात्रुबाट बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरीको भनाइ छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter