‘अतिआवश्यक वस्तुको अभाव हुन दिइन्न’

fair_prices_shopsविराटनगर, असोज १० गते । आपूर्तिमन्त्री शिवकुमार मण्डलले दशैँ, तिहारको अवसरमा अतिआवश्यक वस्तुको अभाव हुन नदिन सरकार सजक रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर मोरङ शाखद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र अत्यधिक मूल्यमा सामान बेच्ने व्यापारी कारबाहीमा पर्ने स्पष्ट पार्नुभयो ।

कालोबजारी गर्नेलाई पक्राउ गरिए पनि अर्को निकायले कारबाही अघि बढाउने भएकाले व्यापारीमाथि कारबाही गर्ने अधिकारसहितको ‘एकीकृत कानून’ बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्कासंग स्पष्टीकरण नसोधी बर्खास्त गरिएको भन्ने पत्रकारको जिज्ञासामा मन्त्री मण्डलले लेखा समिति, अर्थ समितिलगायतले खड्कासँग पटकपटक स्पष्टीकरण लिएपनि सन्तोषजनक जवाफ नपाएको देखिएपछि बर्खास्त गरिएको हो भन्नुभयो ।

इन्धन भण्डारण क्षमतामा बढाउनका लागि सातवटै प्रदेशमा इन्धनको डिपो बनाउने सरकारको तयारी भएपनि निर्वाचन आचारसंहिताका कारण यस विषयमा निर्वाचन आयोगसँग स्वीकृतिपछि मात्र डिपो निर्माण प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

भौगोलिक एवं प्रशासनिक दृष्टिकोणले प्रदेश नं १ को राजधानी विराटनगर हुनुपथ्र्यो तर यस बिपरित कार्य भइरहको छ मन्त्री मण्डलले भन्नुभयो । उहाँले आउँदो संसदीय निर्वाचनमा मोरङको क्षेत्र नं ५ बाट उम्मेदवारी दिने सम्भावना रहेको पनि बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter