गौरीफन्टामा नेपाली ग्राहकको चहलपहल बढ्दो

Birgunj border opensधनगढी, असोज १२ गते । बडा दशैँको समयमा मालसामान किनमेल गर्ने नेपाली ग्राहकको भारतीय सीमावर्ती बजार गौरीफन्टामा चहलपहल ह्वात्तै बढेको छ ।

गौरीफन्टामा नेपाली ग्राहकको ओइरो लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न सकेको छैन्, जसकारण यहाँका नेपाली व्यापारी चिन्तित बनेका छन् । नेपाली बजारको तुलनामा गौरी फन्टामा सामान सस्तो पाइने विश्वासमा चाडबाड र अन्य समयमा पनि आफूलाई आवश्यक पर्ने किराना र लत्ताकपडासम्बन्धी सामग्री नेपाली ग्राहकले गौरीफन्टाबाट किनमेल गर्ने गरेका छन् ।

धनगढीबाट झण्डै चार किमीको दूरीमा रहेको गौरीफन्टा बजारमा किनमेलका लागि जानेमध्ये ९५ प्रतिशत ग्राहक नेपाली नै हुने गरेका छन् । भारतीय बजार भएर पनि त्यहाँ नेपाली रुपैयाँमा कारोबार हुने गरेकाले नेपालीलाई भारु सटही गर्नुपर्ने अवस्था छैन । चाडपर्वको समयमा अन्य समयभन्दा बढी कारोबार हुने गरेको गौरीफन्टा बजारका व्यापारी गुड्डुले स्वीकार गर्नुभयो ।

चाडबाडको समयमा दिनभरिमा १५÷२० हजारसम्मको पनि बिक्री नभएको धनगढीका कपडा व्यापारी डिल्लीराज जोशीले बताउनुभयो । सबै ग्राहक गौरीफन्टा जाँदा नेपाली बजारको कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपालका बजारभन्दा कपडा र किरानालगायतका समान सस्तो पाइने हुँदा आफू ती सामग्री किनमेल गर्न गौरीफन्टा पुगेको कैलाली जिल्लाकी तुल्सी चौधरीले भन्नुभयो ।

यद्यपि कतिपय ग्राहक बेलाबखत त्यहाँका व्यापारीबाट लुटिने र दुव्र्यवहार झेल्न बाध्य हुने गरेका मात्र नभई सीमा कटाउँदा भारतीय प्रहरी र नेपाली प्रहरीबाट हुने रकम असुलीबाट समेत पीडित हुने गरेका छन् । किनमेलका लागि दिनहुँ लाखौँ रुपैयाँ भारतीय बजारमा जाने गरेका कारण यसबाट नेपाली अर्थतन्त्रमा समेत प्रतिकूल असर पु¥याउने कतिपयको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter