मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुन्छःप्रम

Sher Bahadur Deuwaनवलपरासी, असोज १६ गते । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउनुभएकाले यसका लागि सबै एक जुट भई लाग्नुपर्ने बताउनुभएको छ ।

रुपन्देहीको मझगाँवामा काँग्रेस रुपन्देहीद्वारा आज आयोजित पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै उहाँले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गर्नुभयो । उहाँले अब काँग्रेसको नेतृत्वमा मधेशी जनताको हित र भावनानुसार संविधान संशोधन हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसले अब मधेशीसहित सबै वर्गको चाहनानुसार संविधानलाई संशोधनमार्फत पूर्णता गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेता पौडेलले अब देशको विकास, गाउँको विकास र जनताको विकासमा काँग्रेस लाग्ने बताउनुभयो ।

काँग्रेस महामन्त्री डा शशांक कोइरालाले विकासका कामलाई पूर्णता दिने काम अब काँग्रेसको काँधमा आएको जिकिर गर्नुभयो । सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा मीनेन्द्र रिजाल, पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहलगायतले बोल्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter