लाइफटाइम अचिभमेन्ट अवार्ड जंगमलाई

Dipak Jangamकाठमाडौँ, असोज २६ गते । यस वर्षको इमेज च्यानल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार दीपक जंगमलाई दिइने भएको छ ।

इमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक वृत्तको सबैभन्दा ठूलो सम्मान इमेज अवार्डको १९ औँ संस्करण शुक्रबार आयोजना गरिँदै छ ।

नेपाली सांगीतिक क्षेत्रको उत्थान, संगीतकर्मीको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिका लागि गीत, संगीत र साधकलाई उत्साही बनाउने उद्देश्यका साथ सम्मान दिइने भएको ‘इमेज च्यानल’का अध्यक्ष एवं प्रबन्ध निर्देशक आरके मानन्धरले बताउनुभयो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि गीत, संगीत, रचना, संगीत संयोजनलगायत म्युजिक भिडियो र सार्वजनिक रुचि (पब्लिक च्वाइस) समूह गरी २३ विधामा विजेता घोषित गरिने छ । सबै विधाका उत्कृष्ट पाँच÷पाँच मनोनयन सार्वजनिक गरी त्यसकै आधारमा विज्ञको रोजाइ र दर्शकको मतका आधारमा विजेता घोषणा गरिने उहाँले बताउनुभयो ।

विसं २०७३ असार १ देखि २०७४ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकलाई मनोनयनमा समावेश गरिएको छ । बाइस विधाका मनोनयनलाई नेपाली सांगीतिक क्षेत्रका विज्ञले मूल्यांकन गरेर पुरस्कृत गरिने छ ।

उत्कृष्ट सर्जक चयनका लागि प्राविधिक मत संगीत क्षेत्रका विज्ञबाट नै लिई विजेता घोषित गरिने छ । यस पटक पनि सार्वजनिक रुचि सम्मानका लागि एसएमएस मतमार्फत विजेता चुनिने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter