निर्वाचनका लागि गृह मन्त्रालयको सुरक्षा कार्ययोजना ज्यादै उपयोगी रहेको निष्कर्ष

Election Commissionकाठमाडौँ, असोज २६ गते । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गृह मन्त्रालयले बनाएको सुरक्षा कार्ययोजना ज्यादै उपयोगी र व्यावहारिक रहेको निष्कर्ष निकालेको छ ।

आयोगमा आज बसेको निर्वाचनका सन्दर्भमा गठिन उच्चस्तरीय सुरक्षा समितिको बैठकमा स्थानीय तहका तीनै चरणको निर्वाचनको अनुभवका आधारमा मन्त्रालयले तयार गरेको सुरक्षा योजनामाथि छलफल भएको थियो ।

बैठकमा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आगामी निर्वाचनमा नेपाली सेनालगायत चारवटै सुरक्षा निकायबाट पर्याप्त जनशक्ति परिचालन हुने जानकारी गराउनुभएको थियो ।

प्रतिनिधि सभा र प्रदेश भाको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैपटक हुनेछ । हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा मंसिर १० गते तथा अरु पहाडी र तराई मधेशका ४५ जिल्लामा मंसिर २१ निर्वाचन हँुदैछ ।

बैठकमा आयोगका तर्फबाट म्यादी प्रहरीको उपदायता र संख्याका बारेमा जिज्ञासा राख्नुका साथै निर्वाचनमा विभिन्न पक्षको स्वार्थ गाँसिने हुनाले सुरक्षा संयन्त्रबीच समन्वय र सहकार्य कायम गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सुझावसमेत प्रस्तुत गरिएको थियो ।

आगामी निर्वाचनमा राष्ट्रिय नेताहरुबीच समेत प्रतिस्पर्धा हुने भएकाले उहाँहरुको सुरक्षाको आवश्यक व्यवस्था मिलाई स्वस्थ्य प्रतिस्पर्धाको वातावरण निर्माणका लागि उचित सुरक्षा प्रबन्ध मिलाउन आवश्यक रहेको विषयमा पनि आयोगका तर्फबाट सुझाव प्रस्तुत भएको थियो ।

बैठकपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन सुरक्षा कार्ययोजनामा समेटिका विषयवस्तुका बारेमा विस्तृतरुपमा छलफल भएको जानकारी दिनुभयो ।

सुरक्षा कार्ययोजनामा सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको पहिचान, मतदान र मतगणना स्थलको सुरक्षाका अतिरिक्त दलका नेता, उम्मेदवार, मतदाता र निर्वाचन पर्यवेक्षकको सुरक्षालगायतका विषयवस्तु समेटिएको पनि उहाँले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो–‘‘प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मुखमा आइसकेका छाँै, हामी निर्वाचनका लागि आवश्यक सबै तयारी गरेर अघि बढिसकेका छाँै । यही असोज २९ गते राजनीतिक दलहरुको बन्दसूची पेश गर्ने कार्यक्रम छ, त्यसैले आयोगले सुरक्षा तयारीबारे छलफल गरेको हो ।’’

अवैध मदिरा उत्पादन तथा बिक्री तथा हातहतियारको प्रदर्शन तथा प्रयोगमा नियन्त्रण एवं निषेध गर्नेजस्ता कार्यमा विशेष चनाखो हुन सुझाव दिँदै मतदान हुने केही दिन अघिदेखि नै सुरक्षा जाँचलाई कडा तुल्याउन आयोगका तर्फबाट सल्लाह दिइएको थियो ।

उहाँले राष्ट्रिय राजनीतिक वातावरण केही परिवर्तन नभएको हुँदा निर्वाचनबारे ढुक्क रहन आग्रह गर्नुभयो ।

आयुक्त सुधीरकुमार शाहले राजनीतिक दलबीच हुनसक्ने अस्वस्थ्य प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिन सक्ने तथा जातीय र साम्प्रदायिक सद्भाव कायम राख्न पनि सुरक्षा निकायले चनाखो बन्नुपर्नेमा जोड दिनुभयो ।

आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सुरक्षा निकायबीच उच्चस्तरको समन्वयको खाँचो आँैल्याउनुभयो । नेपाली सेनाका बलाधिकृतरथी बलदेवराज महतले निर्वाचनमा आवश्यक सुरक्षा गर्नै तथा नेपाली सेना मातहतका साधानको प्रयोग गर्न तयार रहेको बताउनुभयो ।

बैठकमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल, रक्षा सचिव श्रीधर सापकोटा, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलगायतको सहभागिता थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter