गौतमबुद्ध विमानस्थल समयमै पूरा नहुने

Gautam Buddha Airportकाठमाडौँ, असोज २६ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री जीतेन्द्र देवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक भए पनि समयमै पूरा हुनेमा ढुक्क हुनसक्ने स्थिति नरहेको बताउनुभएको छ ।

विगत ६ महिनादेखि रोकिएको विमानस्थल निर्माणको काम सरकारले सम्झौता रद्ध गर्ने चेतावनी दिएपछि पुनः सुरु भए पनि निर्माणले गति पाउनेमा पूर्ण आश्वस्त हुन नसकेको उहाँको भनाइ थियो । बुधबार व्यवस्थापिका संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिमा छलफलका क्रममा उहाँले अहिलेकै गतिमा काम हुन सके सरकारले ठेकेदारसँगको सम्झौता भने रद्ध नगर्ने स्पष्ट पार्नुभयो । चिनियाँ ठेकेदार कम्पनी र स्थानीय आपूिर्तकर्ताबीच भुक्तानी विवादले छ महिनादेखि अवरुद्ध विमानस्थल निर्माणको काम असोजभित्रै सुरु नभए सम्झौता रद्ध गर्ने चेतावनी मन्त्रालयले दिएको थियो । मन्त्रालयको चेतावनीपछि चिनियाँ ठेकेदार कम्पनीले व्यवस्थापन समूह नै परिवर्तन गरेर कामको गति दिएको छ ।

समितिको बैठकमा मन्त्री देवले ठेकेदार कम्पनीलाई ८० जनाबाट कामदारको सङ्ख्या दुई सय पु¥याउन तथा थन्किएर रहेका उपकरण पूर्णरूपमा उपयोगमा ल्याउन निर्देशन दिएको जानकारी दिनुभयो । त्यस्तै भुक्तानी विवाद समाधान गरेर कामको प्रक्रिया अघि नबढाए सम्झौता रद्ध गर्नसकिने जानकारीसहितको पत्र ठेकदार कम्पनीलाई दिएको उहाँले बताउनुभयो । चीन सरकारले पनि गौतम बुद्ध विमानस्थल निर्माणमा चासो देखाएर ठेकेदार कम्पनीलाई घाटामै गए पनि राम्रोसँग काम गर्न निर्देशन दिएकोले पछिल्लो केही समययता काम सुरु भएको उहाँको भनाइ थियो । ‘पहिलेको तुलनामा अहिले सन्तोषजनक अवस्था छ’–उहाँले भन्नुभयो ‘तर यसैमा ढुक्क भएर बस्न सक्ने स्थिति भने छैन’ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ठेकेदार कम्पनीको व्यवस्थापन फेरिएको र उपकरण पनि प्रयोग हुन थालेपछि निर्माणमा केही सकारात्मक अवस्था देखिएको बताउनुभयो । काम नै छाडेर ठेकेदार कम्पनीले लापरबाही गरे सम्झौता रद्ध गरिने अन्यथा अहिलेकै परिस्थितिमा अघि बढे यसलाई निरन्तरता दिन सकिने उहाँको भनाइ थियो । नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले कानुनीरूपमा सहायक ठेकेदार राख्न सक्ने व्यवस्था नभएको र इन्जिनियरको मूल्याङ्कनले समेत यसलाई अवैधानिक भनेको जानकारी दिनुभयो ।

गत अगष्ट महिनामा पाँच प्रतिशत काम गर्नुपर्ने भए पनि एक प्रतिशतमात्र भएको र सेप्टेम्बरमा भने निर्माणमा केही सुधार भएको उहाँले जानकारी दिनुभयो । ‘सेप्टेम्बरमा आधा कामदार पु¥याएर काम भएको छ’ उहाँले भन्नुभयो ‘ट्रिपरबाहेक सबै किसिमका उपकरण पनि उपलब्ध रहेकोले अहिले काम केही अघि बढेकोले आशावादी छौं’ । सन् २०१८ जुन महिनासम्म ८० देखि ८५ प्रतिशतसम्म काम भए त्यसपछिका काममा पनि कम्पनीसँग सहकार्य गर्न सकिने उहाँको भनाइ थियो । अहिलेकै गतिमा काम भएन भने सम्झौता रद्ध हुन सक्ने उहाँको भनाइ थियो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख ओम शर्माले ठेक्का रद्ध गरेर नयाँ सम्झौता गर्न समय लाग्ने भएकोले लक्ष्यअनुसार अहिलेको निर्माणलाई गति दिन आवश्यक रहेको बताउनुभयो । मासिक छ प्रतिशत काम गर्न सकेको अवस्थामा पनि लक्षित समयभित्र सम्झौता अनुसारको काम पूरा हुन सक्ने उहाँको भनाइ थियो ।

‘निर्माण आयोजनामा राजनीति नगरौं’

समितिको बैठकमा सांसद रामहरि खतिवडाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना जस्तो महìवपूर्ण काममा कसैले पनि राजनीतिक स्वार्थले अभिपे्ररित भएर काम गर्न नहुने बताउनुभएको छ । चीनले घाटा सहेरै बनाउँछु भनेको परिस्थितिमा पनि आयोजना भित्रबाटै गैरजिम्मेवारी पूर्वक काम भएको उहाँको भनाइ थियो । ‘निर्माणका लागि गिटी, बालुवा पुगेन भन्ने तर आयोजना अन्तर्गतकै मान्छेले गिटी, बालुवा बेचेको छ’ उहाँले भन्नुभयो । अवैधानिक स्थानीय कम्पनीका कारण नै काम अघि बढ्न नसकेको उहाँको दाबी थियो । सांसद विकास लम्सालले आफ्नो स्वार्थ नहेरी इमानदार भएर काम गरे भैरहवा विमानस्थलको निर्माण समयमा पूरा हुन सक्ने बताउनुभएको छ । ‘मुआब्जा लिन गएका स्थानीयसँग नै पैसा मागेको भन्ने गुनासो छ’ उहाँले भन्नुभयो ‘कम्तीमा व्यक्तिगत स्वार्थ नहेरी आयोजनाको आवश्यकतालाई बुझेर काम गरौं’ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter