४५ जिल्लामा उत्साहपूर्ण मनोनयन दर्ता

Filing of Candidacyकाठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण चुनावमा प्रत्यक्ष प्रणालीतर्फका लागि आज ४५ जिल्ललामा मनोनयन दर्ता हुँदैछ। मंसिर २१ मा हुने दोस्रो चरण चुनावका लागि प्रत्यक्ष चुनाव लड्न इच्छुक उम्मेदवारले आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय रहेको छ। यस चुनावबाट दुवै तहमा गरी ३ सय ८४ प्रतिनिधि छानिनेछन्। जसमा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ प्रतिनिधि छनोट हुनेछन्।

मनोनयन दर्ता गर्नुपूर्व सम्बन्धित निर्वाचन क्षेत्र पुगेका नेताहरु नारा जुलुस सहित मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुुराबाट उम्मेदवारी दिनुभएको छ । देउवाले आफना सहयोगी गणेशप्रसाद पन्तमार्फत उम्मेदवारी दर्ता गराउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ बाट उम्मेद्वारी दिनुभएको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवारी दिदा सोही क्षेत्रबाट कांग्रेसका पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमाले बरिष्ठ नेता झलनाथ खनालले इलाम १, माधवकुमार नेपालले काठमाडौं २ र सुवासचन्द्र नेम्वाङले इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।

उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर एकबाट उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसको सर्मथनमा थापा मकवानपुर क्षेत्र नम्बर एकबाट उम्मेदवार बन्नु भएको हो । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दिनुभएको छ भने उहाँविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले झापा ३ बाट उम्मेदवारी दिनुभएको छ । मोरङ ६ बाट कांग्रेस नेता डाक्टर शेखर कोईरालाको उम्मेदवारी परेको छ भने बाम गठवन्धनका तर्फबाट एमाले नेता लालवाबु पण्डितले उम्मेदवारी दिनुभएको छ ।

मोरङ ४ बाट कांग्रेस नेता महेश आर्चायले उम्मेदवारी दर्ता गर्नुभएको छ । ४५ जिल्लाका प्रतिनिधिसभा तर्फ निर्वाचन हुने १ सय २८ तथा प्रदेश सभा तर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयनको क्रम जारी छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter