पहिलो तीन महिना: मलेसिया रोजगारीको पहिलो गन्तव्य

Labor, Foreign Employmentसीता शर्मा / काठमाडौँ, कात्तिक १७ गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक भएको छ । अघिल्लो आर्थिक वर्षमा तेस्रो गन्तव्य मुलुक भएको मलेसिया चालू आर्थिक वर्षमा प्रमुख गन्तव्य मुलुक हुन पुगेको हो । वैदेशिक रोजगार विभागका अनुसार साउन, भदौ र असोज महिनामा वैदेशिक रोजगारीमा गएको सङ्ख्याको अवस्था हेर्दा सबैभन्दा धेरै मलेसिया गएका छन् । जबकि गएको आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कतार जाने नेपालीको सङ्ख्या सबैभन्दा धेरै थियो ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३१ हजार २६६ जना नेपाली कामदार रोजगारका लागि मलेसिया गएका छन् भने कतार २० हजार २९१ जना गएका छन् । अघिल्लो वर्ष मलेसियाका लागि १९ हजार १८० जनाले श्रमस्वीकृति लिएका थिए भने कतारका लागि २७ हजार ६२० जनाले श्रमस्वीकृति लिएको तथ्याङ्क विभागसँग छ । यस्तै सो अवधिमा संयुक्त अरब इमिरेटस् (युएई) मा १४ हजार नेपाली श्रमिक रोजगारीका लागि गएका छन् भने ११ हजार ४१९ जना साउदी अरब गएका छन । यो अवधिमा कुल ८४ हजार ७७६ जनाले संस्थागत तर्फबाट अन्तिम श्रम स्वीकृति लिएकोमा मलेसियाको हिस्सा मात्रै ३६ दशमलव ८९ प्रतिशत छ ।

विभागका प्रवक्ता मोहन अधिकारीले कतारमा छिमेकीको नाकाबन्दीको प्रभावले पछिल्लो समय मलेसिया सुरक्षित देखिएकाले पछिल्लो समयमा मलेसिया जाने सङ्ख्या बढेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, कतारमा त्यस्तो ठूलै समस्या देखिएको त होइन तर निर्माण क्षेत्रमा कामदारको माग घटेको छ, साउदी अरब आफै आर्थिक मन्दीको समस्यामा गुज्रिएको छ, त्यसकारण मलेसिया पछिल्लो दिनमा उत्कृष्ट गन्तव्य बनेको हो ।

वैदेशिक रोजगार व्यवसायी विमल ढकालले दुई वर्षअघिसम्म नेपाली कामदारका लागि त्यति सुरक्षित नभएको मलेसिया अहिले क्रमिक रूपमा सुरक्षित र भरपर्दो बन्दै गएकाले पछिल्लो पटक नेपालीका लागि मलेसिया महिलो गन्तव्य मुलुक बन्न सफल भएको बताउनुभयो ।

कतारमाथि साउदी अरबको नेतृत्वमा छिमेकी देशले लगाएको नाकाबन्दीका कारण त्यहाँबाट माग कम भएको र नेपालीको जाने चाहना पनि केही घटेको उहाँको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका ढकालले खाडी मुलुकमा रमजान पर्व पर्नु र नेपालको दसैँ तिहारले गर्दा ती देशमा जानेको सङ्ख्या कम हुँदा पनि मलेसिया अगाडि देखिएको बताउनुभयो ।

गत आर्थिक वर्षको तीन महिनामा भने कतारका लागि सबैभन्दा धेरै २७ हजार ६२० जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । सोही अवधिमा कुल ८८ हजार ५५३ जनाले अन्तिम श्रम स्वीकृति लिएकोमा कतारको हिस्सा ३१ दशमलव १९ प्रतिशत हो । गत वर्ष कतारपछि साउदी अरबका लागि २५ हजार ६९९, मलेसियाका लागि १९ हजार १८० र दुबईका लागि ११ हजार ७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter