थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी

Vegetable farmingपाल्पा, कात्तिक १९ गते । तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् ।

मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन सफल भएका छन् । बारीमा ड्यांग बनाएर गरिएको गोलभँेडा खेतीबाट अहिलेसम्म उनले रु एक लाख आम्दानी लिइसके । गोलभेँडाबीच भागमा अहिले गोभी, सिमी र बोडीका बिरुवा हुर्किरहेका छन् । ती तरकारी बालीबाट झण्डै रु एक दुई लाख आम्दानी गर्ने लक्ष्य उहाँको छ ।

गोलभेँडा रोपिएको ड्यांगमा प्लास्टिकबाट ढाकिएको जमिनमा सिँचाइका लागि पानीका पाइप बिछ्याइएको छ । पाइपको बीच भागमा सिँचाइका लागि प्वाल बनाइएको छ । जहाँ जहाँ पाइपका प्वाल छन्, त्यहीँ तरकारीका बिरुवा रोपिन्छ, आवश्यकअनुसार तरकारीको फेदमा एकपटक थोपा सिँचाइ हुन्छ ।

रानाले झण्डै १० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । ‘एकै सिजनमा लगाएको धेरै जातको तरकारीबाट राम्रो आम्दानी हुने भएको छ,’ रानाले भने ।

रानाले प्लाष्टिक र मल्चिङ प्रविधिबाट तरकारी उत्पादन गर्ने सीप साइप्रसमा सिकेका हुन्् । अन्तरबाली प्रविधि अपनाएर तरकारी खेती गर्दा किसानलाई पटक÷पटक खेतबारी खनजोत गर्न र झारपात हटाउन नपर्ने रानाको दाबी छ ।

प्लास्टिकका कारण बारीमा झार उम्रिन पाउँदैन । मुख्य बालीसँगै सहायक बालीको उपयोग गर्न थालेपछि देवीबहादुरको आम्दानी पनि बढ्न पुगेको छ । यसको सिको अरु किसानले गर्न थालेका छन् । स्थानीय बासिन्दा रुकवीर रेश्मीले तरकारी बालीबाट वार्षिक एक लाख भन्दा बढी आम्दानी गर्न थालेको बताउँछन् ।

गाउ“का कतिपय किसानले यसवर्ष बन्दा, सिमी, काँक्रो र गोलभेँडास“गै रोपेका छन् । अन्तरबाली तरकारीबाट यहाँका किसान एकै याममा एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

वरिष्ठ कृषि अधिकृत किशोरमान श्रेष्ठका अनुसार विदेशमा सीप सिकेर केही किसानले अन्तरबाली प्रविधि अपनाएपछि राम्रो आम्दानी लिन थालेका बताए । यो प्रविधि अपनाएर किसानले थोरै जग्गामा धेरै प्रकारका बाली लगाई लाभ लिन सक्छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter