निकुञ्ज हुँदै माडी जाँदा लाग्ने शुल्क हट्यो

Chitwan National Parkचितवन, कात्तिक २१ गते । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाँदा लाग्ने गरेको कर हटाइएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकुञ्जमा लाग्ने कर हटाउने निर्णय गरी राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको बताउनुभयो । अबको केही दिनमा नै सो निर्णय कार्यान्वयनमा आउने उहाँले बताउनुभयो ।

माडीवासीले सदरमुकाम आउँदा जाँदा प्रत्येक पटक शुल्क तिर्नुपर्ने बाध्यता रहेको भन्दै उहाँले शुल्क हटेसँगै माडीवासीलाई सहज हुने बताउनुभयो । अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको रु १० कर तिर्दै आएका छन्, भने बस, कार, जिप, ट्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले रु ५० शुल्क तिर्ने गरेका छन् । यससँगै माडीवासीले राहत महसुस गरेका छन् ।

मन्त्री पाण्डेले माडी जाँदा र भरतपुर आउँदा निकुञ्जभित्र पर्ने सडक छेउमा आवागमन गर्न असहज भएका रुख काटिसकिएको बताउँदै निकुञ्जभित्रको सडक एक वर्षभित्र कालोपत्रे गर्ने कामका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो ।

“माडी क्षेत्रमा छिट्टै जडीबुटी उद्योग स्थापना गरिने छ, सो क्षेत्रमा पाइने जडीबुटीलाई प्रयोग गर्दै उद्योग सञ्चालन गरिने छ”, मन्त्री पाण्डेले बताउनुभयो । यसका लागि इजरायली प्रविधिबाट खेती गर्ने र कृषिमा आधुनिकीकरण भित्र्याउन लागिएको उहाँको भनाइ थियो ।

चितवन क्षेत्र नं ३ मा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिनिधिसभा सदस्यमा चुनावी प्रतिस्पर्धा गरिरहनुभएका मन्त्री पाण्डेले अनावश्यक आश्वासन दिएर जनता झुक्याउने काम नगर्न आग्रह गर्नुभयो । निकुञ्ज क्षेत्रमा आकाशे पुल वा सुरुङ मार्ग सम्भव नरहेको बताउँदै उहाँले चितवनका जनताले यो कुरा राम्रोसँग बुझेकाछन् भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter