वाम गठबन्धनको घोषणापत्र सार्वजनिक; ‘स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान’

Left Alliance Menifestoकाठमाडौँ, कात्तिक २१ गते । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

यहाँ पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्नुभएको हो । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् ।

‘स्थिरता र समृद्धिमा वाम गठबन्धनको मुख्य ध्यान’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताउनुभएको छ । उक्त गठबन्धनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पु¥याउने घोषणापत्रमा उल्लेख भएको बताउनुभयो । उहाँले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपशहरमा विकास गरिने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ ।”

उहाँले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि धु्रवीकृत हुन सक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ भन्नुभयो । उहाँले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली काँग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि’ आफूहरुले त्यस्तो नगर्ने स्पष्ट गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter